जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा

राजविराज राजविराज
|
बिहिबार, पौष ४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा

सारांश

  •     जनमत पार्टी संसदीय दलका नेता समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादव उपस्थितिमा विहीवार जनमत पार्टी सप्तरीको अगुवाईमा किसानहरु राजविराजको सडकमा उत्रेका हुन ।
  •       मलको चरम अभाव खेप्दै आएका किसानहरुले खेतीपातीको समयमा पनि मलखाद्य नपाउँदा समस्या भएको भन्दै पटक÷पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएकाले बाध्य भई सडक संघर्षमा उत्रनु परेको प्रदेश सांसद यादवले बताए ।
  •       स्थानीय राजरंगशालाबाट गोरुगाडा, हलो, मलको खाली बोरा लगायत सरसमानसहित हजारौको संख्यामा निस्केको किसानहरुको जुलुश “मलखाद्यको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरुलाई कारावाही गर” लगायतका नारा लगाउदै बजार क्षेत्र परिक्रमा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 

    जनमत पार्टीको अगुवाईमा सप्तरीका किसानहरु कृषि औजारसहित सडक उत्रेका छन । 
    जनमत पार्टी संसदीय दलका नेता समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादव उपस्थितिमा विहीवार जनमत पार्टी सप्तरीको अगुवाईमा किसानहरु राजविराजको सडकमा उत्रेका हुन । 
    मलको चरम अभाव खेप्दै आएका किसानहरुले खेतीपातीको समयमा पनि मलखाद्य नपाउँदा समस्या भएको भन्दै पटक÷पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएकाले बाध्य भई सडक संघर्षमा उत्रनु परेको प्रदेश सांसद यादवले बताए । 
    स्थानीय राजरंगशालाबाट गोरुगाडा, हलो, मलको खाली बोरा लगायत सरसमानसहित हजारौको संख्यामा निस्केको किसानहरुको जुलुश “मलखाद्यको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरुलाई कारावाही गर” लगायतका नारा लगाउदै बजार क्षेत्र परिक्रमा गरेको थियो । 
    बजार परिक्रमा पश्चात शहिद दशन चौकमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित विरोध सभामा प्रदेश सांसद महेश प्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिका मेयर बिरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतले वर्षेनी उत्पन्न हुने मलखाद्य अभावको समस्याको स्थायी समाधान नखोजिए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका थिए । 
    सप्तरीमा कुल ७० हजार हेक्टर खेती योग्य जग्गा छ । तर मलखादको अभावमा आधी जग्गामा पनि खेतीपाती गर्न कठिन  भएको किसानहरुको गुनासो छ ।
    मलखाद वितरण गर्ने काम साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले गर्ने गरे पनि ती दुबै निकायमा अहिले माग अनुसारको मलखाद नहुदा समस्या भएको हो । मलखाद विनाको खेतीले उत्पादन राम्रो दिन्न, प्रर्दशनमा सहभागी किसान विजुली सरदारले भने– बर्षेनी रसायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ, तर बजारमा चरम अभाव छ ।”
    सरकारले यसको स्थायी समाधान खोज्न नसकेकोमा आक्रोशित बनेका किसानहरुले अविलम्ब मलखाद्यको व्यवस्था गर्न माग गरेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन