लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै संघर्ष समिति गठन

राजविराज राजविराज
|
आइतबार, बैशाख २९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै संघर्ष समिति गठन

सारांश

  •     त्यस्तै बैठकले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
  • संघर्षका कार्यक्रम अनुसार २०७६ वैशाख २९ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री, सञ्चारमन्त्री, नेपाल पत्रकार महासंघ, सूचना विभाग र प्रेस काउन्सिलमा माग सहितको ज्ञापन–पत्र पठाउने, २०७६ जेठ १ गते नेपाल पत्रकार महासंघ शाखा कार्यालय अगाडिबाट दवाव र्याली परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक विरोध प्रदर्शन गर्ने, सप्तरी सिरहासहित प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ सहित विभिन्न सङ्गठन एवम् मिडियाहरुसँग समन्वय गरी जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय अगाडि विरोध कार्यक्रम आयोजना गर्ने रहेका छन् ।
  •    

   राजविराज÷प्रदेश नम्वर २ को सप्तरी र सिरहा जिल्लाका मिडियाहरुले विगत ९ महिनादेखि लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी हालसम्म नपाएको भन्दै आफ्ना हक, अधिकारको सुनिश्चितताका लागि शनिबार संघर्ष समिति गठन गरिएको छ । 
    भुक्तानीका लागि पटक–पटक सरोकारवाला निकायहरुमा जानकारी गराउँदा पनि हालसम्म सुनुवाई हुन सकेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गाको अध्यक्षतमा शनिबार सम्पन्न बैठकबाट सो निष्कर्ष निकाल्दै लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि श्यामसुन्दर यादवको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । 
    गठित संघर्ष समितको सह–संयोजकमा श्रवण कुमार देव, सचिवमा नवीनकुमार गुप्ता तथा सदस्यहरुमा दिनेश कुमार शर्मा, भूषण कुमार सिंह, गोपाल प्रसाद गुप्ता, राजु विश्वकर्मा, खगेन्द्र कार्की, सुरेन्द्र गुप्ता, ललिता साह, प्रिया सिंह थारु, महेश्वर भारती, सतिश कुमार दत्त, गणेशलाल देव, धर्मपाल राउत, देवराम यादव, शुभचन्द्र झा, कामानन्द माझी, विन्दु यादव, चन्दन यादव र जङ्गबहादुर सिंह रहेका छन् । 
    त्यस्तै बैठकले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रम अनुसार २०७६ वैशाख २९ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री, सञ्चारमन्त्री, नेपाल पत्रकार महासंघ, सूचना विभाग र प्रेस काउन्सिलमा माग सहितको ज्ञापन–पत्र पठाउने, २०७६ जेठ १ गते नेपाल पत्रकार महासंघ शाखा कार्यालय अगाडिबाट दवाव र्याली परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक विरोध प्रदर्शन गर्ने, सप्तरी सिरहासहित प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ सहित विभिन्न सङ्गठन एवम् मिडियाहरुसँग समन्वय गरी जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय अगाडि विरोध कार्यक्रम आयोजना गर्ने रहेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
जनमतद्वारा मन्त्रीको पुतला दहन
जनमतद्वारा मन्त्रीको पुतला दहन
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते