स्ववियु सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा

राजविराज राजविराज
|
सोमबार, चैत्र ४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
स्ववियु सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा

सारांश

  •     स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिश कुमार यादव प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।
  •       यसैगरि समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजित कुमार यादव प्यानल सहित उम्मेदवारी दिएका छन् ।
  •     यस्तै विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव सभापति पदमा तथा अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह सभापति पदमा प्यानल सहित चुनावी प्रतिस्पर्धामा छ्न् ।

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 

    आज चैत ५ गते (मंगलबार) हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि पाँच जनाले प्रतिष्पर्धा गर्दैछन् । 
    स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिश कुमार यादव प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् । 
    यसैगरि समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजित कुमार यादव प्यानल सहित उम्मेदवारी दिएका छन् ।
    यस्तै विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव सभापति पदमा तथा अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह सभापति पदमा प्यानल सहित चुनावी प्रतिस्पर्धामा छ्न् ।
    त्यस्तै विनय कुमार यादव (बालेन) पनि सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  
    सभापति पदका पाँचै जना उम्मेदवार सबै उम्मेदवारले विद्यार्थीको हकहित अधिकार तथा क्याम्पसमा देखिएको शैक्षिक समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 
    कूल ३ हजार १२ मतदाता रहेको र सभापति सहित प्रत्यक्ष तर्फ १० र समानुपाति तर्फ ९ गरी कूल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिए ।
    यसैबीच निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत यादवले जानकारी दिएका छन् ।  
    सहज रुपमा मतदान सम्पन्न गराउन मविव क्याम्पस राजविरामा ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ रहने निर्वाचन अधिकृत यादवले बताए । उनले निर्वाचनमा ५० जना कर्मचारी खटाईएको समेत जानकारी दिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच दिने आईसीटी तालिम सम्पन्न
पाँच दिने आईसीटी तालिम सम्पन्न
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु