दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
मोटरसाईकल र सिटी सफारी एक आपसमा ठोकिदा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका ५ बुधेवा निवासी ३१ बर्षीय दिपेश मण्डल छन् ।
कंचनरुप नगरपालिका १० वदगामास्थित पुर्व पश्चिम राजमार्गमा कंचनपुरबाट भारदहतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ८६९२ नम्बरको सिटि सफारी र विपरित दिशाबाटबाट आउदै गरेको प्र.३–०१–००२ प ८२८९ नम्बर मोटरसाइकल बुधवार राति एक आपसमा ठोकिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा कंचनरुप ३ का ३२ बर्षीय राम सेवक राम, वडा नं. १० का २७ बर्षीय राज कुमार गुप्ता, ३० बर्षिय अजय कुमार गुप्ता, सोही ठाउँका सफारी चालक ४५ बर्षीय पृत्रिब देव पण्डित र वडा नं. ५ का २२ बर्षीया आरती देवी खंग घाईते भएका थिए ।
घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही अस्पतालमा उपचार भइरहेको मोटरसाइकल चालक मण्डलको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मृत्यु
सारांश
- मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका ५ बुधेवा निवासी ३१ बर्षीय दिपेश मण्डल छन् ।
- कंचनरुप नगरपालिका १० वदगामास्थित पुर्व पश्चिम राजमार्गमा कंचनपुरबाट भारदहतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ८६९२ नम्बरको सिटि सफारी र विपरित दिशाबाटबाट आउदै गरेको प्र.
- ३–०१–००२ प ८२८९ नम्बर मोटरसाइकल बुधवार राति एक आपसमा ठोकिदा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया