पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि

राजविराज राजविराज
|
आइतबार, चैत्र १७, २०८१
|
|
४० पटक हेरिएको
Shares
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि

सारांश

  •     त्यस्तै छिन्नमस्ता भगवती मन्दिर संरक्षण, सम्वद्र्धन समितिको विधान बनाउन ढिलो हुँदा कामकाज तथा गतिविधी गर्न बिभिन्न समस्या आइरहेको हुँदा अबिलम्ब विधान बनाएर कार्यान्वयनमा ल्याउन, छिन्नमस्ता मन्दिरको नजिकै छेउमै मदिरा पसलहरु निर्वाद्ध संचालन भइरहेकाले त्यसलाई व्यवस्थित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
  •     यसैगरि स्थानीय सरकार गम्भीर भई स्थानीय मिडिया एवं पत्रकारलाई समानुपातिक तरिकाले विज्ञापन उपलब्ध गराउन माग गरिएको छ ।
  • पत्रकारलाई रिपोर्टिङ गर्न कुनै वाधा, अवरोध नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै पत्रकारलाई पनि आचारसंहिताको पालना गरेर रिपोर्टिङ गर्न आग्रह समेत गरिएको छ ।

    राजविराज÷नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको समपन्न कार्यसमिति बैठकले पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि गरेको छ । 
    चैत १५ गते देशकै प्रसिद्व शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर परिसरमा महासंघ अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न सो बैठकले बिभिन्न निर्णय गर्दै पाँच बुँदे छिन्नमस्ता घोषणा पत्र जारि गरेको हो । 
    जारि घोषणा पत्रमा राजविराज–छिन्नमस्ता सडक निर्माणको ठेक्का लागेपनि काम शुरु नगर्दा छिन्नमस्ता मन्दिरमा पूजापाठ एवं दर्शनका लागि आउने श्रद्धालुलाई सास्ती भोग्नुपरिरहेकाले अबिलम्ब या सडक निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । 
    त्यस्तै छिन्नमस्ता भगवती मन्दिर संरक्षण, सम्वद्र्धन समितिको विधान बनाउन ढिलो हुँदा कामकाज तथा गतिविधी गर्न बिभिन्न समस्या आइरहेको हुँदा अबिलम्ब विधान बनाएर कार्यान्वयनमा ल्याउन, छिन्नमस्ता मन्दिरको नजिकै छेउमै मदिरा पसलहरु निर्वाद्ध संचालन भइरहेकाले त्यसलाई व्यवस्थित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
    यसैगरि स्थानीय सरकार गम्भीर भई स्थानीय मिडिया एवं पत्रकारलाई समानुपातिक तरिकाले विज्ञापन उपलब्ध गराउन माग गरिएको छ । पत्रकारलाई रिपोर्टिङ गर्न कुनै वाधा, अवरोध नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै पत्रकारलाई पनि आचारसंहिताको पालना गरेर रिपोर्टिङ गर्न आग्रह समेत गरिएको छ ।
    साथै बैठकले नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको प्रबक्तामा शाखा सचिव खगेन्द्र कार्कीलाई प्रबक्ता तोक्ने निर्णय समेत गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी
अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै,  आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
प्रदेश २ सरकारद्वारा ३८ अर्ब बढीकोे बजेट सार्वजनिक, प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन