कारागारबाट कैदी फरार

राजविराज राजविराज
|
सोमबार, बैशाख १५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
कारागारबाट कैदी फरार

सारांश

  •     आइतवार राति हवाहुरी र चट्यांगका कारण विद्युत अवरुद्ध भएको र सोही मौका छोपेर कैदी मंडल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिएका छन् ।
  •     घट्नाबारे सोमवार विहानै जानकारी पाएसंगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरु माथि आवश्यक अनुसन्धान शुरु गरि फरार भएका कैदी मंडलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
  •     काठमाडौं जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौट अदालतले मागेपछि सो तिर्न नसकेर कारागार चलान गरिएका मंडललाई केन्द्रिय कारागार काठमाडौंले २०८१ पुष ६ गते राजविराजमा पठाएको कारागार कार्यालय प्रमुख दाहालले बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
 
    कारागार कार्यालय सप्तरीबाट आइतबार राती एक कैदी फरार भएका छन् । चोरी मुद्दामा धरौटी बुझाउन नसकेर कैदी बन्दी बिताइरहेका सप्तरीको शम्भुनाथ नगरपालिका ११ घर भएका ३५ बर्षीय रामानन्द मंडल आइतवार राति कारागारबाट फरार भएका हुन् ।
    आइतवार राति हवाहुरी र चट्यांगका कारण विद्युत अवरुद्ध भएको र सोही मौका छोपेर कैदी मंडल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिएका छन् ।
    घट्नाबारे सोमवार विहानै जानकारी पाएसंगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरु माथि आवश्यक अनुसन्धान शुरु गरि फरार भएका कैदी मंडलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
    काठमाडौं जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौट अदालतले मागेपछि सो तिर्न नसकेर कारागार चलान गरिएका मंडललाई केन्द्रिय कारागार काठमाडौंले २०८१ पुष ६ गते राजविराजमा पठाएको कारागार कार्यालय प्रमुख दाहालले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?