श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल

सारांश

  •     १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमको सम्मान राष्ट्रको अभियान नाराको साथ तिलाठी कोईलाडी गाउँपालिकाद्वारा विहिबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
  •     उनले श्रमको शोषण गर्न नहुने बताउँदै श्रमिकको परिश्रमले मात्र समाजको विकास सम्भव रहेको उल्लेख गरे ।
  • विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले श्रमिकहरुको श्रमको सम्मान गर्नु आवश्यक रहेको बताएका छन् ।
    १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमको सम्मान राष्ट्रको अभियान नाराको साथ तिलाठी कोईलाडी गाउँपालिकाद्वारा विहिबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
    उनले श्रमको शोषण गर्न नहुने बताउँदै श्रमिकको परिश्रमले मात्र समाजको विकास सम्भव रहेको उल्लेख गरे । विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताए ।
    समाजको विकासमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्ष मण्डलले रोजगारीको लागि विदेशिनु र त्यहाँ असुरक्षित रुपले काम गर्नु चिन्ताजनक रहेको बताए । 
    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रममा ६० जना श्रमिकहरुलाई सम्मान गरिएको कार्यक्रमका सम्पर्क ब्यक्ति रतनकुमार मिश्रले जानकारी दिए ।
    गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश कुमार मुखिया र सत्यनारायण यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु कुमार झासहितकाले मजदुरहरुको श्रमको सम्मान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?