दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
आन्दोलनरत नगरवासीद्वारा गठित संघर्ष समितिले बिहीवार आ–आफ्नो घर पसलमा कालो झण्डा झुण्डयाएर विरोध प्रकट गरेका छन् ।
राजविराज नगर क्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको माग सहित विभिन्न ८ बुँदे माग अघि सार्दै गठित संघर्ष समितिले दोश्रो चरणको आन्दोलन अन्तरगत सो कालो झण्डा झुण्ड्याएर यसरी विरोध प्रकट गरेका हुन् ।
संघर्ष समितिका संयोजक इर्साद अन्सारी, नागरिक अगुवा अर्जुन प्रसाद साह, संघर्ष समितिका प्रवक्ता अनिल देव लगायतको अगुवाईमा बिहानैदेखि नगरका सार्वजनिक स्थलहरुमा समेत कालो झण्डा झुण्ड्याइएको छ ।
बि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेन रोड तथा भित्री सडकको दाया बाया रहेका ५ हजार २ सय परिवार वर्षौदेखि लालपूर्जा नपाएको र नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट विगत ८ वर्षदेखि रोक्का प्रक्रिया बन्द गरिएपछि मार्कामा परेका छन् ।
जग्गावापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोवास तथा विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बंैक तथा वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।
संघर्ष समितिले बिटौरी र ब्लक जग्गाको लालपूर्जाका साथै राजविराज बस पार्क अविलम्ब संचालन, राजविराज हटियामा निर्माणाधिन व्यवसाय कम्प्लेक्सको निर्माण कार्य अविलम्ब सम्पन्न गरी व्यवसायीलाई हस्तानान्तरण, सप्तरीको सिमा नाका क्षेत्रमा वर्षौदेखि बन्द रहेको छोटी भन्सार कार्यालयहरुको पुनसंचालन लगायतको ८ बुँदे माग अघि सार्दै दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अनुसार बिहीवार नगरभरी कालो झण्डा झुण्ड्याउने कार्यक्रम सम्पन्न गरिएको छ भने बैशाख १९ गते शुक्रवार स्थानीय गजेन्द्र चौकमा ८ बुँदे मागका पक्षमा हस्ताक्षर संकलन अभियान, बैशाख २१ गते आइतवार नापी कार्यालयमा धारणा र बैशाख २२ गते सोमवार राजविराज नगरपालिकामा धर्ना दिई कामकाज ठप्प पार्ने घोषणा गरेको छ ।
यस्तै बैशाख २४ गते बुधवार संघर्ष समितिको बैठक बसी आन्दोलनको समिक्षा तथा तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने संघर्ष समितिले जनाएको छ । प्रथम चरणमा गत फागुन १७ गते राजविराज बन्द कार्यक्रमको आयोजना गरिएपछि तातेको स्थानीय प्रशासनको आश्वासन पश्चात केही दिनका लागि आन्दोलन स्थगित गरेको संघर्ष समितिले माग पुरा गर्न सरोकारवाला निकाय उदासिन बनेको भन्दै पुनः आन्दोलन शुरु गरेका हुन ।
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
सारांश
- राजविराज नगर क्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको माग सहित विभिन्न ८ बुँदे माग अघि सार्दै गठित संघर्ष समितिले दोश्रो चरणको आन्दोलन अन्तरगत सो कालो झण्डा झुण्ड्याएर यसरी विरोध प्रकट गरेका हुन् ।
- संघर्ष समितिका संयोजक इर्साद अन्सारी, नागरिक अगुवा अर्जुन प्रसाद साह, संघर्ष समितिका प्रवक्ता अनिल देव लगायतको अगुवाईमा बिहानैदेखि नगरका सार्वजनिक स्थलहरुमा समेत कालो झण्डा झुण्ड्याइएको छ ।
- बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया