शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी

राजविराज राजविराज
|
सोमबार, बैशाख २९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी

सारांश

  • २५६९ औं बुद्ध जयन्तीको अबसरमा थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसीद्वारा सोमबार सप्तरीको सप्तकोसी नगरपालिकामा आयोजित विविध सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •   “गौतम बुद्धको उपदेश सबैका लागि अनुकरणीय रहेको छ, सबै बुद्धको अनुयायी भएर समाजमा परिवर्तनको लागि बुद्धको अनुसरण गर्नु पर्छ ।
  • ” मन्त्री लेखीले भने, “समाज हरेक जातजाती भाषा समुदायको साझा भएकाले बुद्धले देखाएको शान्तिको बाटो सबैले अबलम्बन गरेर हिडेमात्र मुलुकमा शान्ति तथा अमन चयन कायम रहने छ ।

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 

मधेस प्रदेशका गृहसंचार तथा कानुन मन्त्री राजकुमार लेखीले गौतम बुद्धले देखाएको बाटो शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिने बताएका छन् ।  
२५६९ औं बुद्ध जयन्तीको अबसरमा थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसीद्वारा सोमबार सप्तरीको सप्तकोसी नगरपालिकामा आयोजित विविध सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  
“गौतम बुद्धको उपदेश सबैका लागि अनुकरणीय रहेको छ, सबै बुद्धको अनुयायी भएर समाजमा परिवर्तनको लागि बुद्धको अनुसरण गर्नु पर्छ ।” मन्त्री लेखीले भने, “समाज हरेक जातजाती भाषा समुदायको साझा भएकाले बुद्धले देखाएको शान्तिको बाटो सबैले अबलम्बन गरेर हिडेमात्र मुलुकमा शान्ति तथा अमन चयन कायम रहने छ ।”
मुलुकमा गणतन्त्र स्थापना पश्चात् समावेसिताका कारण समाज मिलेर अगाडी बढिरहेकोले गणतन्त्रको बिकल्प नरहेको उल्लेख गर्दै उनले भने, “गणतन्त्र स्थापनापछि देशमा आमुल परिवर्तन र बिकासले गति लिएको छ, त्यसैले गणतन्त्रलाई सस्थापन गर्न सबै पक्ष एक भएर लाग्नु पर्छ ।”
कार्यक्रममा विभिन्न जनजाति थारु, नेवार, तामाङ, किरात लगायत समुदायको जातीय भेषभुषा सहितको झाकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।
मन्त्री लेखीले सप्तकोसी नगरपालिका कम्युनिष्ट नेता तथा जेष्ठ नागरिक मुरारी कार्की र नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिब खगेन्द्र कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने उत्कृष्ट झाकी तथा नृत्य प्रस्तुत गरिएका नेवार समुदायको लाखे नाच, थारु समुदायको नृत्य तथा गायन तामाङ समुदायको तामाङ सेलोमा नृत्य गर्नेहरुलाई पनि उनले नगद पुरस्कारबाट सम्मान गरेका थिए ।
सप्तरीको सप्तकोसी नगरपालिका ४ तुलसि चौकमा थारु संस्कृति संरक्षण संघ नेपाल केन्द्रिय कमिटीका अध्यक्ष गयानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल, निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, जेष्ठ नागरिक मुरारी कार्की, नेपाल पत्रकार महासंघ सप्तरीका सचिब खगेन्द्र कार्की, सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन, त्रियुगा बहुमुखी सहकारीका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 
नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
सप्तरीमा ४८ को परिक्षण गर्दा  चिकित्सकसहित १७ जना संक्रमित
सप्तरीमा ४८ को परिक्षण गर्दा  चिकित्सकसहित १७ जना संक्रमित
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए