डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

राजविराज राजविराज
|
बिहिबार, जेठ १, २०८२
|
|
२० पटक हेरिएको
Shares
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

सारांश

  •     १० वटै वडामा भएको उच्चस्तरीय पोललाईट जडान कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, लेखापाल अनिता परियारसहित ८ जना विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
  • आरोपपत्रमा समेटिएका मध्ये ७ जना कर्मचारी र एक जना निर्माण कम्पनीका प्रोपराईटर छन् ।
  •     आर्थिक बर्ष २०७८÷०७९ मा उक्त पालिकामा विजुलीको पोलमा उच्च स्तरीय पोललाईट जडान कार्यमा कमसल खालको स्ट्रीटलाईट खरिद गरि फर्जि बिल बनाई पुरै रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै ८ जना विरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत, लेखापालसहित ८ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ । 
    १० वटै वडामा भएको उच्चस्तरीय पोललाईट जडान कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, लेखापाल अनिता परियारसहित ८ जना विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आरोपपत्रमा समेटिएका मध्ये ७ जना कर्मचारी र एक जना निर्माण कम्पनीका प्रोपराईटर छन् ।
    आर्थिक बर्ष २०७८÷०७९ मा उक्त पालिकामा विजुलीको पोलमा उच्च स्तरीय पोललाईट जडान कार्यमा कमसल खालको स्ट्रीटलाईट खरिद गरि फर्जि बिल बनाई पुरै रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै ८ जना विरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।
    अख्तियारद्वारा उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल परियारका साथै ईन्जिनियर कुलानन्द बिराजी, ईन्जिनियर रामाकान्त चौधरी, सवईन्जिनियर संजय कुमार यादव, योजना शाखामा शाखा अधिकृत विनोद कुमार ठाकुर र योजना शाखामा सहायकस्तर पाँचौँ तहमा कार्यरत निकिता चौधरी विरुद्ध आरोपपत्र दायर गरिएको छ ।
    यस्तै उक्त निर्माण कार्यमा संलग्न रहेका जि.एस. निर्माण सेवा र कम्पनीका प्रोपराइटर बिजयकुमार यादव विरुद्ध पनि अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
    आरोपपत्रमा २०७८÷०७९ मा नगरका सम्पूर्ण वडामा १४८ थान एलइडी स्ट्रीट लाइट जडान कार्यका लागि ४८ लाख २४ हजार ८ सय ७४ कबोल अंक भएको खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन, नियम र कार्यविधी विपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलोमतोमा आफूहरुलाई गैरकानुनी लाभ र नगरपालिकालाई हानी पु¥याउने काम भएको उल्लेख छ । 
    उक्त कार्यको गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरि ३ लाख ९२ हजार २ सय निर्माण व्यवसायीलाई भुक्तानी भएको तथा लागत अनुमान तयार गर्दा अस्वभाविक मुल्य राखेको पाइएकोले मुल्य भन्दा बढी भुक्तानी भएको २१ लाख १२ हजार ३ सय ३० समेत गरी कुल २५ लाख ४ हजार ५ सय ३० रुँपैया हानी नोक्सानी भएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम कारवाही गर्न आरोप पत्र मार्फत माग समेत गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
एक सय ५२ छात्रालाई साइकल बितरण
एक सय ५२ छात्रालाई साइकल बितरण
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह