सांसद साहद्वारा अस्पतालको निरिक्षण

राजविराज राजविराज
|
बिहिबार, जेठ ८, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सांसद साहद्वारा अस्पतालको निरिक्षण

सारांश

  •     बिरामीहरुले फोन गरेर विभिन्न समस्या बारे जानकारी गराएपछी आफू स्थलगत निरिक्षण र बिरामीरुहको गुनासो सुन्न अस्पताल पुगेको सांसद साहले संचारकर्मीहरुलाई बताइन् ।
  •       उनी अस्पतालका वार्ड वार्डमा पुगेर बिरामी र उनका आफन्तलाई भेट्दै समस्या बारे जानकारी लिएकी छिन ।
  • सो क्रममा अधिकांश बिरामी र उनका आफन्तले सरसफाई, शौचालयमा चुकुल नभएको वेडका ओछ्यान धुलाईमा ढिलाई भएको, स्वच्छ खोनपानी र निशुल्क औषधी बितरण लगायतका विषयमा समस्या रहेको जानकारी गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामीको चाप बढेपछि विभिन्न समस्याले ग्रस्त बनेको विषयमा गुनासो आएपछि मधेश प्रदेश सांसद किरण साहले अस्पतालको बिहीबार स्थलगत निरिक्षण गरेकी छिन् । 
    बिरामीहरुले फोन गरेर विभिन्न समस्या बारे जानकारी गराएपछी आफू स्थलगत निरिक्षण र बिरामीरुहको गुनासो सुन्न अस्पताल पुगेको सांसद साहले संचारकर्मीहरुलाई बताइन् । 
    उनी अस्पतालका वार्ड वार्डमा पुगेर बिरामी र उनका आफन्तलाई भेट्दै समस्या बारे जानकारी लिएकी छिन । सो क्रममा अधिकांश बिरामी र उनका आफन्तले सरसफाई, शौचालयमा चुकुल नभएको वेडका ओछ्यान धुलाईमा ढिलाई भएको, स्वच्छ खोनपानी र निशुल्क औषधी बितरण लगायतका विषयमा समस्या रहेको जानकारी गराएका थिए । 
    सांसद साहलाई केही बिरामीका आफन्तले महिला वार्डको पुरानो भवन ठाउँ ठाउँमा चर्केको तथा कुनै बेला पनि भत्किने अवस्थामा रहेको भन्दै यसको जिर्णोद्धारका लागि समेत पहल गर्न आग्रह गरेका थिए । 
    उल्लेखीत समस्याहरु समयमै समाधान नहुँदा बिरामी र उनका आफन्तले समस्या भोग्नुपरेको पीडा बारे सांसद साहले तत्कालै मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई बोलाई आवश्यक जानकारी लिएका थिए । उनले अस्पतालमा देखिएका स–साना समस्या तत्काल समाधान गर्न निर्देशन सहित यहाँबाट सम्भव नभएका आवश्यक कार्यका लागि आफूले माथिल्लो निकायमा पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?