दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
मधेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीस्थित सप्तकोशी र कञ्चनरुप नगरपालिकामा चार पूर्वाधार विकास योजनाहरूको सोमबार शिलान्यास तथा दुई योजना निरीक्षण गरेका छन् ।
मधेश प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री लेखीले सप्तकोशी नगरपालिका ८ स्थित शिव मन्दिर तथा गुठी प्राङ्गणमा मधेश सरकारको ५० लाखको लागतमा निर्माण हुन लागेको अतिथि भवन र सोही लागतमा निर्माण गरिने बाउण्ड्री पर्खाल योजनाको शिलान्यास गरेका हुन् ।
त्यस्तै सप्तकोशी नगरपालिका ११, मलेठ पश्चिम टोलमा मधेस सरकारको २५ लाखको बजेटमा निर्माण गरिने धर्मशाला भवनको शिलान्यास, कञ्चनरुप नगरपालिका ५, पडेमरामा निर्माण हुन लागेको सामुदायिक धर्मशालाको शिलान्यास गरे ।
यस्तै गृहमन्त्री लेखीले कञ्चनरुप नगरपालिका ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवन तथा कक्षा कोठा तथा नजिकै रहेको बान्द्रा खोलाको समेत स्थलगत अवलोकन र निरीक्षण गरे ।
शिलान्यास तथा निरीक्षण कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य दिवाकर देवकोटा, सप्तकोशी नगरपालिका ८ का वडा अध्यक्ष केदार प्रसाद साह, वडा नं. २ का अध्यक्ष जाहुर हुसेन, वडा नं. ११ का अध्यक्ष डोलेश्वर खड्गा, कञ्चनरुप नगरपालिका ७ का वडा अध्यक्ष समानन्द चौधरी, एमाले नेता तनुकलाल शर्मा लगायतको सहभागिता रहेको थियो ।
मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण
सारांश
- मधेश प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री लेखीले सप्तकोशी नगरपालिका ८ स्थित शिव मन्दिर तथा गुठी प्राङ्गणमा मधेश सरकारको ५० लाखको लागतमा निर्माण हुन लागेको अतिथि भवन र सोही लागतमा निर्माण गरिने बाउण्ड्री पर्खाल योजनाको शिलान्यास गरेका हुन् ।
- त्यस्तै सप्तकोशी नगरपालिका ११, मलेठ पश्चिम टोलमा मधेस सरकारको २५ लाखको बजेटमा निर्माण गरिने धर्मशाला भवनको शिलान्यास, कञ्चनरुप नगरपालिका ५, पडेमरामा निर्माण हुन लागेको सामुदायिक धर्मशालाको शिलान्यास गरे ।
- यस्तै गृहमन्त्री लेखीले कञ्चनरुप नगरपालिका ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवन तथा कक्षा कोठा तथा नजिकै रहेको बान्द्रा खोलाको समेत स्थलगत अवलोकन र निरीक्षण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया