दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको दुई लाख भन्दा बढीको सुर्तीजन्य पदार्थ, अन्य सामाग्रि तथा कपडा बरामद गरेको छ ।
प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित सडक खण्डमा २ बोरा ३० किलो खैनी, २४ थान भांग, १ बोरा सर्फ, दुई थान इस्टेपलाइजर लोड गरि ल्याउँदै गरेको स.७प. ४३९९ नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै मोटरसाइकल चालक सामानहरु छोडेर भोगेपछी मोटरसाइकलसहित एक लाख ९७ हजार ६ सय ४० रुँपैया मुल्याङ्कन गरि ती सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यस्तै प्रहरीको गस्ती टोलीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनिया बेरियाघाटमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ५० थान सुती साडी र २० थान गम्छा समेत बरामद गरेको छ ।
प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै बोरा छोडी मानिसहरु फरार भएपछी करिब २७ हजार मुल्य पर्ने ती कपडाहरु नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
सारांश
- प्रहरीले जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित सडक खण्डमा २ बोरा ३० किलो खैनी, २४ थान भांग, १ बोरा सर्फ, दुई थान इस्टेपलाइजर लोड गरि ल्याउँदै गरेको स.
- ७प.
- ४३९९ नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया