बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 

राजविराज राजविराज
|
मंगलबार, जेठ १४, २०७६
|
|
२० पटक हेरिएको
Shares
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 

सारांश

  •     मंगलवार एक जडयाँहा व्यक्तिका कारण राजविराज–राजदेवी सडक खण्ड करिब आधी घण्टा अवरुद्ध बन्यो ।
  • अत्याधिक मदिरा सेवन गरी एक व्यक्ति बीच सडकमै सुतेपछि मुख्य सडक आधी घण्टा अवरुद्ध बनेको थियो ।
  • बाल्टीनका बाल्टीन पानी खन्याएपनि जड्याहा न उठेपछि प्रहरीलाई बोलाई ती व्यक्तिलाई सडकबाट हटाई आवागमन सुचारु गरिएको थियो ।

दैनिक समाचारदाता
राजबिराज, १४ जेठ । 
    राजविराज नगरपालिकाले एकातिर छाडा पुश चौपाया नियन्त्रणका लागि आवश्यक बजेट समेत छुट्याएर कामको थालनी गरेको छ । यस विपरित अर्कोतर्फ बहुला तथा जडायाँहाहरुका कारण नगरको मुल सडक नै अस्तव्यस्त हुन थालेको छ ।
    मंगलवार एक जडयाँहा व्यक्तिका कारण राजविराज–राजदेवी सडक खण्ड करिब आधी घण्टा अवरुद्ध बन्यो । अत्याधिक मदिरा सेवन गरी एक व्यक्ति बीच सडकमै सुतेपछि मुख्य सडक आधी घण्टा अवरुद्ध बनेको थियो । बाल्टीनका बाल्टीन पानी खन्याएपनि जड्याहा न उठेपछि प्रहरीलाई बोलाई ती व्यक्तिलाई सडकबाट हटाई आवागमन सुचारु गरिएको थियो ।
    “छाडा पशु चौपायाले त दुःख दिन्थे नै अब छाडा जड्याहा र बहुला मानवहरुले पनि दmुख दिन थाले”, दिनेश बस सर्भिसका चालक रामकुमार शर्माले भने ‘अब नगरपालिकाले छाडा पशु चौपायासँगै छाडा जडयाहाँ र बहुलालाई पनि नियन्त्रणका लागि आवश्यक बजेट छुट्याउनु पर्ने जरुरी देखिएको छ ।’
    जड्याहाँ र बहुला व्यक्तिका कारण विशेष गरी महिला र बालबालिकालाई सडकमा हिड्डुल गर्न समस्या हुने, आवागमन अवरुद्ध हुने र नगर क्षेत्र नै अस्त व्यस्त हुने गरेको भन्दै नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले यसको नियन्त्रणका लागि पनि नगरपालिकाले आवश्यक पहल गर्नु पर्ने माँग गरेका छन् । 
    यस्तै सार्वजनिक सरोकार केन्द्र सप्तरीका अध्यक्ष रामकुमार यादवले बहुला र जड्याहाको कारण सडकमा हिँडने व्यक्ति र गुड्ने सवारी साधनलाई प्रत्यक्ष रुपमा असर पारेको भन्दै यस्तो छाडा प्रवृति रोक्न सम्बन्धि निकायले चासो देखाउनु पर्ने जोड दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह