परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

सारांश

  •     बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् ।
  • उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् ।
  •       शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 

    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट विभिन्न परीक्षाको केन्द्र लहानस्थित जेएस मुरारका क्याम्पसमा सारिएको बिरोधमा मंगलबार स्वावियुको नेतृत्वमा सडक आन्दोलन गरिएको छ । 
    बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् । 
    शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए । तर त्यसको केही समय नबित्दै एलएलबी र व्यवस्थापन संकायको समेत परीक्षा केन्द्र लहान सारिएपछि विद्यार्थीहरू झनै आक्रोशित बनेका छन् । 
    स्ववियु सभापति रन्जित कुमार यादवले ‘त्रिवि आंगिक क्याम्पसको सेन्टर निजी क्याम्पसमा दिनु गलत भएको बताउँदै परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा सडक आन्दोलनमा उत्रिएको बताए । 
    सभापति यादवले  सप्तरी र सिरहाको मात्र परीक्षा केन्द्र सार्नुमा त्रिवि कार्यालयको बदनियत रहेको आरोप समेत लगाए । 
    यता विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूसँग तत्काल निर्णय फिर्ता लिन माग गर्दै परीक्षा केन्द्र पुनः मविव क्याम्पसमै कायम नगरे आन्दोलन कायमै राख्ने र समाधान नखोजिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन 
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने