दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
प्रदेश २ सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको दलित छात्रावासको बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिका ५ रंजितपुरमा शिलान्यास गरिएको छ ।
प्रदेश २ सरकारको ९९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको उक्त दलित छात्राबास भवन एक बर्षभित्र सकिने लक्ष्य लिएको निर्माण समितिका अध्यक्ष दिनेश शर्मा खत्वेले जानकारी दिए । सो छात्राबास निर्माण भएपछि दलित छात्राहरु उच्च शिक्षातर्फ आकर्षित हुने अनुमान गरिएको छ ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले उपलब्ध गराएको करिब २ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको दलित छात्राबासको बिष्णुपुर गाउँपालिका ५ का वडाअध्यक्ष बहादुर सदा र राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. शिबनरायण यादव, प्रदेश २ का शिक्षा कार्यदलका सदस्य सन्तोष कुमार चमन, दलित छात्राबास निर्माण समितिका पदाधिकारी तथा स्थानीय समाजेवी लगायतको उपस्थिति रहेको थियो ।
दलित छात्रावासको शिलान्यास
सारांश
- प्रदेश २ सरकारको ९९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको उक्त दलित छात्राबास भवन एक बर्षभित्र सकिने लक्ष्य लिएको निर्माण समितिका अध्यक्ष दिनेश शर्मा खत्वेले जानकारी दिए ।
- सो छात्राबास निर्माण भएपछि दलित छात्राहरु उच्च शिक्षातर्फ आकर्षित हुने अनुमान गरिएको छ ।
- महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले उपलब्ध गराएको करिब २ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको दलित छात्राबासको बिष्णुपुर गाउँपालिका ५ का वडाअध्यक्ष बहादुर सदा र राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया