दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
जेनजीको प्रदर्शनका क्रममा सप्तरीका सुरक्षा निकायका कार्यालयहरुमा लाखौंको मुल्य बराबरको क्षति भएको छ ।
भदौं २४ गते प्रदर्शनका क्रममा जिल्लाको विभिन्न स्थानमा रहेको प्रहरी कार्यालय र युनिटमा भएको तोडफोड र आगजनीबाट ३१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा १ लाख, इलाका प्रहरी कार्यालय बोदेबर्साइनमा १२ लाख, प्रहरी चौकी मौवहामा ३५ हजार, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी युनिटमा १५ लाख र उच्च अदालत जनकपुर राजविराज इजलाशमा रहेको सुरक्षा गार्ड युनिटमा ३५ हजार गरी कुल ३१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनले सबैभन्दा बढी क्षति इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला अदालत सुरक्षा प्रहरी युनिटमा भएको बताए । जिल्ला अदालतमा प्रहरीले लगाउने पोशाक, विस्तरा र बन्दोबस्तीका अन्य सामानसहित चार वटा मोटरसाईलसमेत जलेर नष्ट भएको उनले जानकारी दिए ।
यसरी नष्ट पारिएका प्रहरी कार्यालय र प्रहरी युनिटहरुको पुर्नस्थापनाको कार्य तिब्र गतिमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
सारांश
- भदौं २४ गते प्रदर्शनका क्रममा जिल्लाको विभिन्न स्थानमा रहेको प्रहरी कार्यालय र युनिटमा भएको तोडफोड र आगजनीबाट ३१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- इलाका प्रहरी कार्यालय कल्याणपुरमा १ लाख, इलाका प्रहरी कार्यालय बोदेबर्साइनमा १२ लाख, प्रहरी चौकी मौवहामा ३५ हजार, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी युनिटमा १५ लाख र उच्च अदालत जनकपुर राजविराज इजलाशमा रहेको सुरक्षा गार्ड युनिटमा ३५ हजार गरी कुल ३१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
- उनले सबैभन्दा बढी क्षति इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला अदालत सुरक्षा प्रहरी युनिटमा भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया