दैनिक समाचारदाता
राजविराज, २० असोज ।
सात बुुँदे राजविराज घोषणा पत्र जारि गर्दै देव समुदायको प्रथम अन्तराष्ट्रिय महासम्मेलन सम्पन्न भएको छ ।
असोज १७ देखी १९ गतेसम्म राजविराजस्थित बागेश्वरी मन्दिरको प्राङ्गणमा सुरु भएको तीन दिवसीय अन्तराष्ट्रिय महासम्मेलन आइतबार राती सम्पन्न भएको हो ।
आयोजक समितिका संयोजक ई. इन्द्र नारायण देवद्वारा सार्वजनिक घोषणापत्र मार्फत महासम्मेलनले देव जातिको संस्कृति, संस्कारको संरक्षण, आपसी एकता र सद्भावमा जोड दिनुका साथै देव जातीलाई अतिअल्पसंख्यकको सूचीमा समावेश गरि आरक्षणको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ । संविधान र कानुनले दिएको मौलिक अधिकार र सामाजिक न्यायका आधारमा देव जातीको सम्मानित पहिचान स्थापना गर्नु पर्ने प्रमुख माग रहेको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै देव जातीलाई राष्ट्रिय जनगणनामा पृथक र स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने, शिक्षा, रोजगारी, प्राविधि क तालिम र स्वास्थ्य लगायत सरकारी निकायमा देव जातीका लागि आरक्षण कोटाको सुनिश्चितता तथा दलित, आदिवासी, महिला, अपाङ भएका व्यक्ति जस्तै अतिअल्पसंख्यक देव जातीका लागि छुट्टै आरक्षण प्रणाली लागु लगायतका माग घोषणा पत्रमा समेटिएको छ ।
स्थानीय प्रदेश र संघीय तीन वटै तहमा देव समुदायको प्रतिनिधित्वको सुनिश्चितताको माग गर्दै घोषणापत्र मार्फत समुदाय भित्रका कुरिती अन्त्य गर्न सामूहिक जागरण अभियान मार्फत प्रयास तथा आफ्नो पहिचान समानता र समृद्धिका लागि एकजुट भई काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
तीन दिनसम्म चलेको महासम्मेलनमा भारतका साथै विश्वका विभिन्न मुलुकमा रहेका देव समुदायका अगुवा गरि चार सय प्रतिनिधिको सहभागिता रहेको थियो । बागेश्वरी सेवा समिति राजविराज, भवानी सेवा समिति राजविराज, बिराट सेवा समिति बिराटनगर, देव समाज विर्तामोड र देव समाज काठमाडौंंको संयुक्त आयोजनामा महासम्मेलन आयोजना गरिएको थियो ।
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सारांश
- असोज १७ देखी १९ गतेसम्म राजविराजस्थित बागेश्वरी मन्दिरको प्राङ्गणमा सुरु भएको तीन दिवसीय अन्तराष्ट्रिय महासम्मेलन आइतबार राती सम्पन्न भएको हो ।
- आयोजक समितिका संयोजक ई.
- इन्द्र नारायण देवद्वारा सार्वजनिक घोषणापत्र मार्फत महासम्मेलनले देव जातिको संस्कृति, संस्कारको संरक्षण, आपसी एकता र सद्भावमा जोड दिनुका साथै देव जातीलाई अतिअल्पसंख्यकको सूचीमा समावेश गरि आरक्षणको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया