ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

राजविराज राजविराज
|
बुधबार, आश्विन २२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

सारांश

  •     केन्द्रले मंगलवार राजविराज ८ स्थित नवनिर्मित आप्mनो कार्यालय बरदानी भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।
  •       केन्द्रकी संचालिका एंव क्षेत्रीय निर्देशक राजयोगिनी भगवती दिदीले रजत जयन्ती समारोह अन्तर्गत असोज २२ गते २४ गते तीन दिन सम्म स्थानीय राजरंगशालामा राजयोग एवं तनाव व्यवस्थापन शिविर संचालन हुने जानकारी दिईन ।
  •       यस्तै असोज २५ गते ¥याली एवं नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 

    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले विविध कार्यक्रमसहित चार दिवसीय रजत जयन्ती मनाउने भएको छ । 
    केन्द्रले मंगलवार राजविराज ८ स्थित नवनिर्मित आप्mनो कार्यालय बरदानी भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । 
    केन्द्रकी संचालिका एंव क्षेत्रीय निर्देशक राजयोगिनी भगवती दिदीले रजत जयन्ती समारोह अन्तर्गत असोज २२ गते २४ गते तीन दिन सम्म स्थानीय राजरंगशालामा राजयोग एवं तनाव व्यवस्थापन शिविर संचालन हुने जानकारी दिईन । 
    यस्तै असोज २५ गते ¥याली एवं नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रम तय गरिएको उनले जानकारी दिए । 
    शिविर र कार्यालय भवन उद्घाटन समारोहमा नेपालका साथै छिमेकी मुलुक भारतबाट समेत गरी ८ हजार देखी १० हजार सम्मको अतिथिहरु सहभागि हुने अनुमान गरिएको छ । 
    शिविरमा सहमागी हुनेहरुलाई नेपालका राजु घले तथा भारतका प्रशिक्षकहरुबाट योग, तनाव व्यवस्थापन र प्राकृतिक चिकित्सा स्म्बन्धी प्रशिक्षण प्रदान गरिने कार्यक्रम तय भएको उनले जानकारी दिए । 
    असोज २५ गते शनिवार हुने केन्द्रको नवनिर्मित कार्यालय भवन (वरदानी भवन) को मुख्य अतिथी ब्रंह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राजदादी आमा र सिमाञ्चल सवजोनका प्रभारी राजयोगिनी किरण दिदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रका मिडिया प्रभारी दिनानाथ यादवले जानकारी दिए । 
    उनले सोही दिन नगर क्षेत्रमा बृहत ¥यालीको आयोजना गरिने जानकारी समेत दिए । पत्रकार सम्मेलनमा ब्रह्माकुमारी रञ्जु दिदी, भारत माउन्टआबुका सदानन्द भाइजी लगायतले पनि कार्यक्रमबारे जानकारी गराएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?