दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका केन्द्रिय परिषद सदस्य तथा राजधानी दैनिक र प्राईम टिभीका सप्तरी सम्वाददाता मनोज कुमार माझीमाथी सोमबार शम्भुनाथ नगरपालिका वडा नं. ११ मा केही व्यक्तिहरुद्वारा गरिएको अभद्र व्यवहार र हातपातको तीन पत्रकार संघ संगठनले घट्ना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई र समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेलद्वारा जारि संयुक्त विज्ञप्तिमा घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा “जनताको बास्तविकताबाट अवगत गराउन अहोरात्र धरातलमा खटिने सञ्चारकर्मी उपर गरिएको हातपातले समाचार संकलनमा असुरक्षित रहने पत्रकारको मनोभावनाले समुन्नत समाजको कदापी निर्माण हुन नसक्ने भएकाले शम्भुनाथ नगरपालिका ११ मा एक व्यक्तिको जग्गामा घेराबेराको काम प्रहरी समेतको उपस्थितिमा हुँदै गर्दा समाचार संकलन गर्न गएका पत्रकार माझी उपर सोही नगरपालिकाका एक वडाध्यक्षको नेतृत्वमा आएको समूहले समाचार संंकलनबाट रोक्ने, निजको मोवाईल फुटाउने, प्रेस कार्ड च्यात्ने र हातपात गालीग्लौज गरी अभद्र व्यवहार हुनु दुभाग्यपुर्ण र निराशाजनक रहेको हाम्रो ठम्याई छ र हामी यस घट्नाको घोर विरोध गर्दछौं ।”
जिल्लामा पत्रकारले सुरक्षित वातावरणमा समाचार संकलन गर्ने परिस्थिति सृजना गर्न उक्त घट्नाका दोषीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दै विज्ञप्तिमा सम्बन्धित सबैमा सकारात्मक सन्देश प्रदान गर्न सबै सरोकारबाला, स्थानिय प्रशासन, पालिका र आम जनसुदायमा हार्दिक अपिल समेत गरिएको छ ।
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
सारांश
- नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई र समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेलद्वारा जारि संयुक्त विज्ञप्तिमा घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
- विज्ञप्तिमा “जनताको बास्तविकताबाट अवगत गराउन अहोरात्र धरातलमा खटिने सञ्चारकर्मी उपर गरिएको हातपातले समाचार संकलनमा असुरक्षित रहने पत्रकारको मनोभावनाले समुन्नत समाजको कदापी निर्माण हुन नसक्ने भएकाले शम्भुनाथ नगरपालिका ११ मा एक व्यक्तिको जग्गामा घेराबेराको काम प्रहरी समेतको उपस्थितिमा हुँदै गर्दा समाचार संकलन गर्न गएका पत्रकार माझी उपर सोही नगरपालिकाका एक वडाध्यक्षको नेतृत्वमा आएको समूहले समाचार संंकलनबाट रोक्ने, निजको मोवाईल फुटाउने, प्रेस कार्ड च्यात्ने र हातपात गालीग्लौज गरी अभद्र व्यवहार हुनु दुभाग्यपुर्ण र निराशाजनक रहेको हाम्रो ठम्याई छ र हामी यस घट्नाको घोर विरोध गर्दछौं ।
- ” जिल्लामा पत्रकारले सुरक्षित वातावरणमा समाचार संकलन गर्ने परिस्थिति सृजना गर्न उक्त घट्नाका दोषीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दै विज्ञप्तिमा सम्बन्धित सबैमा सकारात्मक सन्देश प्रदान गर्न सबै सरोकारबाला, स्थानिय प्रशासन, पालिका र आम जनसुदायमा हार्दिक अपिल समेत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया