दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा बुधबार राजविराजमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
तालिममा प्रशिक्षक जिवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारेमा सहभागिहरुलाई जानकारी दिए ।
उनले अहिलेको युगमा एआईलाई वेवास्ता गरेर पत्रकरिता अगाडी बढ्न नसक्ने भएकाले यसको सही प्रयोगबारे पत्रकारहरु जानकारी हुनु आवश्यक रहेको बताए ।
पत्रकारिताको स्वरुप बदलिदै जाने भएकाले सोही अनुसार आफुमा पनि क्षमताको विकास गर्न तालिममा सहभागी पत्रकारहरुलाई आग्रह गरे ।
अहिले फेक समाचार, भिडियो, फोटोहरु तयार गरी भ्रम फैलाउने कार्य भईरहेकोले एआई सम्बन्धि आचारसंहिता लागु गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।
अर्का प्रशिक्षक प्रकाश मैनालीले प्रविधीको प्रयोग संगै साईवर अपराधबाट बच्न विभिन्न उपायहरुबारे जानकारी गराउँदै आवश्यक सुझाव समेत संकलन गरेका थियो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित तालिमको उद्घाटनसत्र सहभागिहरुलाई प्राधिकरणका सदस्य नवीनकुमार गुप्ताले स्वागत गरेका थिए ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्षहरु वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्याशशंकर उपाध्याय, धीरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिलकुमार अनल, महासंघका उपाध्यक्ष रामनारायण विश्वास सहितकाले एआई प्रविधिको सदुपयोग र दुरुपयोग बारे आ–आफ्नो धारणा राखेका थिए । तालिममा सप्तरीका ५० जना भन्दा बढी पत्रकार सहभागी रहेको थियो ।
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
सारांश
- तालिममा प्रशिक्षक जिवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारेमा सहभागिहरुलाई जानकारी दिए ।
- उनले अहिलेको युगमा एआईलाई वेवास्ता गरेर पत्रकरिता अगाडी बढ्न नसक्ने भएकाले यसको सही प्रयोगबारे पत्रकारहरु जानकारी हुनु आवश्यक रहेको बताए ।
- पत्रकारिताको स्वरुप बदलिदै जाने भएकाले सोही अनुसार आफुमा पनि क्षमताको विकास गर्न तालिममा सहभागी पत्रकारहरुलाई आग्रह गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया