पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०८२
|
|
१ पटक हेरिएको
Shares
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 

सारांश

  • दैनिक समाचारदाता राजविराज, २८ मंसिर ।
  •     मधेश प्रदेशको विभिन्न स्थानका पानीजन्य स्थलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको एक तथ्याङ्कले देखाएको छ ।
  •     राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार मधेशका ८ वटै जिल्लामा चार बर्षको अवधिमा पोखरी, नदी, नाला र खाडलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।

    मधेश प्रदेशको विभिन्न स्थानका पानीजन्य स्थलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको एक तथ्याङ्कले देखाएको छ ।
    राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार मधेशका ८ वटै जिल्लामा चार बर्षको अवधिमा पोखरी, नदी, नाला र खाडलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको छ । 
    सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार सबैभन्दा बढी धनुषामा ६८ जना बालबालिकाको डुबेर ज्यान गएको छ । त्यसपछी सप्तरीमा ६२, रौतहटमा ५९, सिरहामा ५६, महोत्तरीमा ४८, सर्लाहीमा ३४, पर्सामा २२ र बारामा १३ जना बालबालिको डुबेर ज्यान गएको छ ।  
    त्यस्तै सोही तथ्याङ्कले मधेश प्रदेशमा चार वर्षकै अवधीमा ८ सय २३ जनाले डुबेर ज्यान गुमाएका छन् । सबैभन्दा बढी धुनषामा १ सय ८७ जनाको डुबेर मृत्यु भएको छ । जसमा १ सय १२ जना वयस्क, ६८ जना बालबालिका र ७ जना वृद्ध छन् ।
    यस्तै सप्तरीमा डुबेर १ सय ३ जनाको मृत्यु भएको छ । त्यसमा बालबालिका ६२, वयस्क ३५ र ६ जना वृद्ध रहेका छन् । यसै अवधिमा रौतहटमा ९० जनाले ज्यान गुमाएकोमा ५९ जना बालबालिका र ३१ जना वयस्क छन् । 
    सिरहामा डुबेर ७८ जनाको मृत्यु भएको छ । जसमा ५६ जना बालबालिका, १७ जना वयस्क तथा ५ जना बृद्ध रहेका छन् । महोत्तरीमा ७७ जनाले ज्यान गुमाएका छन् । जसमा ४८ बालबालिका, ११ जना वयस्क तथा १८ जना वृद्ध छन् । सर्लाहीमा ६६ जनाले ज्यान गुमाएका छन् । जसमा ३४ बालबालिका र ३२ वयस्क छन् । पर्सामा ४२ जनाको ज्यान गएको छ । जसमा २२ बालबालिका, १७ वयस्क तथा ३ जना वृद्ध छन् । बारामा १३ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । 
    राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश जनकपुर कार्यालयका प्रमुख बुद्धनारायण सहनीले दिनुभएको जानकारी अनुसार आर्थिक बर्ष २०७८÷७९ मा १ सय ५७, २०७९÷८० मा १ सय ६७, २०८०÷८१ मा २ सय ४ तथा २०८१÷८२ मा २ सय ९५ जनाको डुबेर मृत्यु भएको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार मधेश प्रदेशका अधिकांश पुरुषहरु वैदेशिक रोजगारमा रहेको र आमाबाट मात्रै बालबालिकाको हेरचाहमा कमि हुँदै आएकाले यस्तो भयावह तथ्याङ्क देखिएको बताउछन् । उनले पोखरी धनी र अभिभावकको लापरवाहीका कारण पनि डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको उल्लेख गरे ।
    उनले पोखरीमा डिल नहुनु, पोखरी र खाल्डा खुल्डी घेरबार नगर्नु र अव्यवस्थित रुपमा पोखरी खन्नु तथा विकासिय कामका लागि जताततै माटो निकालेर खाल्डो खनी छोड्नुले पनि यस्तो जोखिम बढाएको धारणा राखे ।
    बर्षायाम आउनु अघि नै पालिका भित्रका खाल्डा पुर्ने वा त्यसलाई घेराबेरा गरिदिने काम गरे यस्ता घट्ना न्युनिकरण हुने उनले विश्वास व्यक्त गर्दै बर्षायाम आउनु अघि वडाहरुमा वृत्तचित्र सहितको जनचेतना अभियान चलाउन सुझाव समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
दुर्घटनामा तीनको मृत्यु
दुर्घटनामा तीनको मृत्यु
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
एनआईसी एशियाको २ सय ७९  शाखा महदेवामा संचालन
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन