दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएर फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना तोकिएर फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नं. ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव छन् ।
यसैगरी कुटपीट, लुटपीट मुद्दामा जरिवाना पाएका महादेवा गाउँपालिका वडा नं. १ का सुरेन भन्ने सुरेन्द्र यादव, बिरेन भन्ने बिरेन्द्र यादव, अबैध साल काठ चिरान चोरी निकासी मुद्दामा रुपनी गाउँपालिका ६ का राजन तमाङ्ग, लुटपीट मुद्दामा साविक लोहजरा गाविस वडा नं. ९ का किरण राज मिश्र, शेखर राज मिश्र, निलम राज मिश्र, शान्ति देवी मिश्र, प्रकाश राज मिश्र छन् ।
त्यस्तै झुठा नेपाली नागरिकता प्रमाण पत्र सम्बन्धी मुद्दामा राजविराज नगरपालिका वडा नं. १६ का रिषिनारायण देवसहित १३ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
फैसला कार्यान्वयनको सिलसिलामा सप्तरी जिल्ला अदालत राजविराजबाट जरिवना भइ फरार सुचीमा रहेका उनीहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक पुरीले बताए ।
पक्राउ परेका प्रतिवादीहरुबाट एक लाख नौ हजार दुईसय पन्चानब्बे रुपैयाँ जरिवाना उसुल उपर हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
फरार १३ जना प्रतिवादी पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना तोकिएर फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो ।
- पक्राउ पर्नेहरुमा कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नं.
- ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया