पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
३० पटक हेरिएको
Shares
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

सारांश

  •     नेपाली काँग्रेस ३ नं.
  • क्षेत्रिय समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा रुपनी गाउँपालिका १ निवासी जसपा नेता एवं पुर्व वडाध्यक्ष पिताम्बर सहित १ सय १० जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलले जानकारी दिए ।
  •     प्रवेश गर्नेहरुमा पिताम्बर यादवका साथै सत्यनारायण यादव, राजेन्द्र प्रसाद यादव, श्रीप्रसाद यादव, रामएकबाल यादव, प्रसादी राम, चन्दर कुमारी सदा, मो.

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 

    जसपा नेता एवं पूर्व वडाध्यक्षसहित एकसय भन्दा बढी नेता÷कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
    नेपाली काँग्रेस ३ नं. क्षेत्रिय समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा रुपनी गाउँपालिका १ निवासी जसपा नेता एवं पुर्व वडाध्यक्ष पिताम्बर सहित १ सय १० जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलले जानकारी दिए ।
    प्रवेश गर्नेहरुमा पिताम्बर यादवका साथै सत्यनारायण यादव, राजेन्द्र प्रसाद यादव, श्रीप्रसाद यादव, रामएकबाल यादव, प्रसादी राम, चन्दर कुमारी सदा, मो.तौफिक मियाँ सहित १ सय १० जना रहेको सचिव मण्डलले बताए । 
    एकै साथ ठुलो संख्यामा अन्य पार्टी परित्याग गरी प्रवेश गरेपछि काँग्रेसलाई थप उर्जा प्रदान गरेको कार्यक्रमका प्रमुख अतिथि दिनेश कुमार यादवले बताए । उनी यसै क्षेत्रबाट काँग्रेसका प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत हुन् ।
    नव प्रवेशीहरुलाई उनले अविरमाला लगाई पार्टीको सदस्यता प्रदान गरेका थिए । कार्यक्रम क्षेत्रिय सभापति भगवती यादवको अध्यक्षतामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
वडा अध्यक्षको निधन
वडा अध्यक्षको निधन
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न