दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको दुई वटा पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको छ । जिल्लाको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकाका १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको हो ।
जनचेतना अभियान नेपाल सप्तरीले पोषणको अभावमा कुनै पनि बालबालिका, सुत्केरी र गर्भवती महिला कुपोषित भई जोखिममा नपरोस भन्ने उद्देश्यले दुई पालिकामा पोषण नेपाल परियोजना संचालन गरेपछी बालबालिकामा कडा कुपोषण पाइएको जनाएको छ ।
कार्यक्रम अन्तर्गत आईतबारसम्ममा हनुमाननगर कंकालिनी नगरपालिकामा ४ हजार १ सय ५६ बालबालिका तथा ७ सय ५५ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गरिएको छ ।
जसमध्ये ७१ जना बालबालिकामा कडा कुपोषण र ३ सय ६० जनामा मध्यम कुपोषण देखिएको जनचेतना अभियान नेपालकी कार्यकारी जुही कुमारी ठाकुरले जानकारी दिईन् । उक्त पालिकामा ३ सय ४० जना गर्भवती तथा सुत्केरी महिलामा परिक्षणका क्रममा पोषणको कमी देखिएको उनले बताईन् ।
यस्तै कञ्चनरुप नगरपालिकामा ३ हजार ८ सय ३० जना बालबालिका र ८ सय ५९ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गर्दा ३५ जना बालबालिकामा कडा कुपोषण र २ सय २० जनामा मध्यम कुपोषण देखिएको उनले बताइन् ।
उक्त पालिकामा १ सय ७९ जना गर्भवती तथा सुत्केरी महिलामा पोषणको कमी देखिएको उनको भनाई छ । यसरी पहिचान गरिएका सबै बालबालिका र गर्भवती तथा सुत्केरी महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानिय अभिभावकहरुको उपस्थितिमा फुड प्याकेज (पोषणयुक्त सामाग्री) वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न दुबै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिक अगुवाले साथ र सहयोग दिईरहेको उनले बताईन् ।
केयर नेपालको सहयोग तथा जनचेतना अभियान नेपाल सप्तरीको साझेदारीमा सप्तरीको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकामा यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
परियोजना अन्तर्गत ६ देखि ५९ महिना सम्मका बालबालिकासंगै गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यकर्मीहरु मार्फत विस्तृत पोषण परिक्षण गरी पहिचान भएका जोखिमयुक्त बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्थामा सुधारका लागि पोषणयुक्त सामाग्री सहितको फुड प्याकेज समेत वितरण थालिएको परियोजनाका कार्यक्रम संयोजक अजेन्द्र कुमार दासले जानकारी दिए ।
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
सारांश
- जनचेतना अभियान नेपाल सप्तरीले पोषणको अभावमा कुनै पनि बालबालिका, सुत्केरी र गर्भवती महिला कुपोषित भई जोखिममा नपरोस भन्ने उद्देश्यले दुई पालिकामा पोषण नेपाल परियोजना संचालन गरेपछी बालबालिकामा कडा कुपोषण पाइएको जनाएको छ ।
- कार्यक्रम अन्तर्गत आईतबारसम्ममा हनुमाननगर कंकालिनी नगरपालिकामा ४ हजार १ सय ५६ बालबालिका तथा ७ सय ५५ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गरिएको छ ।
- जसमध्ये ७१ जना बालबालिकामा कडा कुपोषण र ३ सय ६० जनामा मध्यम कुपोषण देखिएको जनचेतना अभियान नेपालकी कार्यकारी जुही कुमारी ठाकुरले जानकारी दिईन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया