दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीका एक युवक १२ दिन अघि बेपत्ता भएका छन् भने भारतको उत्तरप्रदेश राज्यस्थित बनारस शहर गएका अर्का युवा बेपत्ता भएको २० दिनपछि विहीबार भेटिएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका २ सिद्धिपुर टोलका ४३ बर्षीय बिरेन्द्र राम परिवारजनसँग सम्पर्क बिहीन भएका हुन् ।
परिवारजनले रामको हुलिया विवरण सहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिदै खोज तलाशका लागि आग्रह गरेका छन् ।
पेशाले सवारी चालक रहेका राम एक बर्ष अघि भएको दुर्घटनामा गम्भिर घाईते भएका थिए । स्वास्थ्य लाभ भएपछि मजदुरी पेशामा लागेका राम अचानक बेपत्ता भएपछि आफु सहित तीन सन्तानको विच्चली भएको पत्नी मजा देवीले सुनाईन् ।
वडाध्यक्ष जाहिर हुसेनले सबैतिर खोजी सक्दा पनि राम अझै फेला पर्न नसकेको र आफुहरु समेत खोजी कार्यमा निरन्तर जुटेको बताएका छन् ।
यता रोजगारीका लागी बनारस पुगेर बेपत्ता भएका सप्तरीको खडक नगरपालिका ११ का ३० बर्षीय विनोद कुमार साह बिहीबार सम्पर्कमा आएको बुवा रामकृष्ण साहले जानकारी दिएका छन् । बनारसमा बेपत्ता भएका छोराको खोजी कार्यका लागि सोही ठाउँस्थित भारतीय पुलिस कार्यालय तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिएको २० दिनपछि छोरा विनोद फेला परेको बुवा रामकृष्णले जानकारी दिए ।
भारतको बनारसमा पहिल्यै देखि नै काम गर्दे आएका गाउँकै राधेश्याम यादवले छोरा विनोदलाई “फ्याक्ट्रीमा काम लगाई दिन्छु” भन्दै लिएर गएको र बनारसमा अलपत्र छाडेको बुवा रामकृष्णले सुनाए ।
छोरालाई फ्याक्ट्रीमा काम लगाई दिने नाममा १८ हजार भारतीय रुपैयाँ समेत आफुसँग लिएर गएका राधेश्यामले छोरालाई त्यहाँ अलपत्र छाडेर हिडेको उनले बताएका छन् ।
घाइते अवस्थामा फेला परेको छोरा विनोदलाई भारतीय प्रहरीको सहयोगमा उद्दार गरी अस्पताल भर्ना गरिएको उनले जनाएका छन् । उनले छोरालाई लिएर जाने राधेश्याम भने सम्पर्क बिहीन भएको र उनी विरुद्ध तत्काल भारतीय प्रहरीमा उजुरी गरिएको जानकारी समेत गराएका छन् ।
१२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
सारांश
- सप्तरीको सप्तकोशी नगरपालिका २ सिद्धिपुर टोलका ४३ बर्षीय बिरेन्द्र राम परिवारजनसँग सम्पर्क बिहीन भएका हुन् ।
- परिवारजनले रामको हुलिया विवरण सहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिदै खोज तलाशका लागि आग्रह गरेका छन् ।
- पेशाले सवारी चालक रहेका राम एक बर्ष अघि भएको दुर्घटनामा गम्भिर घाईते भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया