बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन

राजविराज राजविराज
|
बुधबार, श्रावण १, २०७६
|
|
२१ पटक हेरिएको
Shares
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन

सारांश

  •     बाढीले पु¥याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान, जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमानपुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्ष मंडलका संयोजक अनिलकुमार झा लगायत लगायतका सांसद तथा नेताहरुले जिल्लामा बाढीबाट सबैभन्दा बढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको स्थिति अवलोकन गरेका छन् ।
  •       सो टोलीमा संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह, प्रदेश नं.
  • २ का कृषिमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्व सभासद अशोक मण्डलसहितको टोलीले तिलाठीको अवस्थाका बारेमा स्थलगत भ्रमण गरी जानकारी लिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
    बाढीग्रस्त क्षेत्रको निरिक्षणका लागि पूर्वप्रधानमन्त्री, राजीनितक दलका उच्चस्तरिय नेता तथा विभिन्न मन्त्री एवं सांसदहरु एकै साथ बुधबार सप्तरी आइपुगेका छन् । 
    बाढीले पु¥याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान, जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमानपुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्ष मंडलका संयोजक अनिलकुमार झा लगायत लगायतका सांसद तथा नेताहरुले जिल्लामा बाढीबाट सबैभन्दा बढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको स्थिति अवलोकन गरेका छन् । 


    सो टोलीमा संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह, प्रदेश नं. २ का कृषिमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्व सभासद अशोक मण्डलसहितको टोलीले तिलाठीको अवस्थाका बारेमा स्थलगत भ्रमण गरी जानकारी लिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।
    तिलाठीमा खाँडो नदीको बाढीले भत्काएको बाँध निर्माण भईरहेको स्थानगई उपप्रधानमन्त्री उपेन्द्र यादव, कृषिमन्त्री शैलेन्द्र साह, सांसदद्वय प्रभु साह र सुमनराज प्याकुरेल लगायतले अवलोकन गरेका थिए । सो ठाउँमा राजविराजस्थित नेपाली सेनाको भीमदल गण, जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोलीले बाँध निर्माण गर्ने कार्य गरिरहेको गाउँपालिकाका विपद् जोखिमन्युनीकरण अधिकृत राजेशकुमार झाले बताए ।


    सो अवसरमा अधिकांश बाढीपीडितहरुले मन्त्री, नेता र सांसदसमक्ष आफूहरुलाई राहत सामाग्रि भन्दा पनि वर्षेणी बाढीबाट हुने पीडा कम गर्न यसको स्थायी समाधान खोजिदिन आग्रह गरेका थिए । जवाफमा गृहमन्त्री थापाले बाढीबाट हुने क्षति न्युनिकरण तथा स्थायी समाधानका लागि आफूले हरसम्भव पहल गर्ने आवश्वासन दिए । 


    उनले बाढीको चपेटाबाट पीडितहरुलाई जोगाउन र कम क्षति गर्न सम्भाव्य सबै उपायको तयारी सरकारले गरिरहेको बताए । उनले तत्काल आवश्यक राहत सामाग्रि बाढीपीडितहरुलाई उपलब्ध गराउने काम तिब्र रुपमा अघि बढाइएको जानकारी पनि दिए । 


    ६ दिनअघि आएको बाढीले जिल्लाको विभिन्न चार स्थानमा बाँध भत्काउँदा ३ हजार घर डुवानमा परेको छ भने ५० घर पूर्ण रुपमा क्षतिग्रस्त तथा ३ सय परिवार बिस्थापित भएका छन् । बाढीबाट प्रभावित सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत गाउँपालिकाको भने टोलीले हेलिकप्टरबाटै हवाई निरिक्षण गरि फर्किएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
एक दर्जन नेपाली भारतमा सम्मानित 
एक दर्जन नेपाली भारतमा सम्मानित 
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी
वडाअध्यक्ष साहको निधन
वडाअध्यक्ष साहको निधन
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन