नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप

राजविराज राजविराज
|
सोमबार, श्रावण १३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप

सारांश

  •     राजविराजमा आइतबार पत्रकार सम्मेलन गरि २ नं.
  • प्रदेश कमिटिका सदस्य तथा तत्कालिन माओवादी केन्द्रका नेता देवनाथ यादवले प्रदेश कमिटिद्वारा क्रियाशिल रहेका ती कमरेडहरुलाई जिल्ला कमिटिमा कुनै स्थान नदिएको भन्दै त्यसलाई सच्याउनु पर्ने माँग गरेका छन् ।
  •       नेकपा सप्तरीको जिल्ला कमिटि गठन गर्दा महान जनयुद्धको क्रममा जेलनेल र यातना भोगेका करिब दुई दर्जन सिनियर कमरेडहरुलाई वेवास्ता गरि प्रदेश कमिटिले सांगठनिक सदस्य नै नभएकाहरुलाई जिल्ला कमिटिमा समावेश गरिएको आरोप समेत लगाए ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
    नेकपाको सप्तरी जिल्ला कमिटि चयनमा दर्जनौं सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको तत्कालिन माओवादी केन्द्रका नेताहरुले आरोप लगाएको छ । 
    राजविराजमा आइतबार पत्रकार सम्मेलन गरि २ नं. प्रदेश कमिटिका सदस्य तथा तत्कालिन माओवादी केन्द्रका नेता देवनाथ यादवले प्रदेश कमिटिद्वारा क्रियाशिल रहेका ती कमरेडहरुलाई जिल्ला कमिटिमा कुनै स्थान नदिएको भन्दै त्यसलाई सच्याउनु पर्ने माँग गरेका छन् । 
    नेकपा सप्तरीको जिल्ला कमिटि गठन गर्दा महान जनयुद्धको क्रममा जेलनेल र यातना भोगेका करिब दुई दर्जन सिनियर कमरेडहरुलाई वेवास्ता गरि प्रदेश कमिटिले सांगठनिक सदस्य नै नभएकाहरुलाई जिल्ला कमिटिमा समावेश गरिएको आरोप समेत लगाए । 
    उनले सांगठनिक सदस्य नै नलिएकाहरु तथा आसेपासेलाई राखेर चयन प्रक्रियामा प्रदेश कमिटिले गम्भिर त्रृटी गरेको भन्दै सो निर्णय नसच्याए त्यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मा समेत निर्णयकर्ताले नै लिनुपर्ने चेतावनी समेत दिए । 
    सो पत्रकार सम्मेलनमा प्रदेश २ कमिटिका अर्का सदस्य भागवत यादवले जनयुद्धका बेला जेलनेल र यातना भोगेका ज्ञानेन्द्र घिमिरे, उमेश मण्डल, देवराम यादव, बलराम महतो, सुकदेव साह, गोपाल प्रसाद गुप्ता लगायत दुई दर्जन सिनियर कमरेडहरुलाई जिल्ला कमिटिमा समावेश नगरिएकोमा असन्तुष्टि जनाए । उनले निश्चित मापदण्ड विधि अपनाई तत्कालिन नेकपा (माओवादी केन्द्र) को तर्फबाट जिल्ला कमिटि पुर्नगठन नगरिए त्यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मा पनि निर्णयकर्ताहरु नै हुने चेतावनी दिए । 
    जिल्ला कमिटिका सदस्य हरिनारायण चौधरीले प्रदेश नेतृत्वतहमा रहेको संक्रिण गुटिय घेरा र मानसिकता तथा असहमत पक्षलाई निषेध गर्ने अलोकतान्त्रिक चरित्रकै कारण अधिकांश सिनियर कमरेडहरुलाई जिल्ला कमिटिबाट पाखा लगाइएको भन्दै तत्काल निर्णय सच्याई जिल्ला कमिटि पुर्नगठन गर्नु पर्ने माँग गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ