तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान

सारांश

  •     गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरका अनुसार आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको बाटो र सडकको अबस्था अत्यन्त जिर्ण रहेको थियो ।
  • तर, अहिले गाउँपालिकाको ५ बटै वडामा ठुलो र सानो योजना बनाई १६ किलोमिटर बरावरको सडक बिस्तार गर्न सफल भएको जानकारी दिएका छन् ।
  • उनले ८ किलोमिटर ग्राभेल र ८ किलोमिटर कच्ची बाटो निर्माण कार्य सम्पन्न भएको बताए ।

नवीन गुप्ता÷चन्दन यादव
राजविराज, ९ भदौं । 
    सप्तरीको तिरहुत गाउँपालिकामा रहेको सबै पाँच वटै वडामा गरि विगत दुई वर्षको अवधीमा झण्डै १६ किलोमिटर सडक बिस्तार भएको छ । 
    गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरका अनुसार आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको बाटो र सडकको अबस्था अत्यन्त जिर्ण रहेको थियो । तर, अहिले गाउँपालिकाको ५ बटै वडामा ठुलो र सानो योजना बनाई १६ किलोमिटर बरावरको सडक बिस्तार गर्न सफल भएको जानकारी दिएका छन् । उनले ८ किलोमिटर ग्राभेल र ८ किलोमिटर कच्ची बाटो निर्माण कार्य सम्पन्न भएको बताए । 


    यस्तै गाउँपालिकाको कार्यालय हाताभित्रै ३५ लाखको लागत सात कोठे गाउँपालिका भवन निर्माण हुँदैछ । चालु आ.ब. मा भवन निर्माण कार्यका लागि थप बजेट बिनियोजन गरिएपछि निर्माणधिन भवनमा प्लाष्टर, झ्याल कोठा, रंगरोहनलगायत गरिने गाउँपालिका अध्यक्ष बहडखेरले जानकारी दिए ।
    त्यसैगरि गत आ.ब. २०७४÷७५ मा गाउँपालिकाको कार्यपालिका निर्णय अनुसार सबै वडामा २० वटाको दरले स्यालो बोरिङ्ग बितरण गर्ने निर्णय गरिएको थियो । सो निर्णय अनुसार पालीकाले वडा १ मा २५ वटा, वडा नं. २ मा ५, वडा नं. ५ मा ७० वटा स्यालो बोरिङ्ग बितरण गरि जडान कार्य सम्पन्न भएको छ । यता आ.ब. २०७५÷७६ मा थप ८९ वटा स्यालो बोरिङ्ग खरी र जडानका लागि लागि ५० लाख रकम पालिकाले निकासा गरेको छ । 
    यस्तै पालीकाले खरिद गरेको १ सय ६५ वटा स्यालो बोरिङ्ग मध्ये १ सय जडान भएको र आ.ब. २०७४÷७५ को बाँकी रहेको ६५ र नयाँ ८९ वटा बोरिङ्ग प्रहरी चौकी लोहजरा, प्रहरी चौकी त्रिकोलमा राखिएको छ भने वडाको आबश्यकता अनुसार बितरण गरिने गाउपालिका अध्यक्ष बहडखेरले जानकारी गराए । 


    यता वडा ३ का अध्यक्ष भोगान्द महात्मानले गाउँपालिकाले निर्णय गरिएको २० वटा स्यालो बोरिंग लिएर गएपनि जडान नगरी थप माँग गरेपछि गाउँपालिकाले नदिदाँ सो बोरिंङ्ग जडान नगरी घरमै राखेको गाउँपालिका अध्यक्ष बहडखेरको दाबी छ । उनले भने, “गाउँपालिकाबाट बोरिङ्ग लाने र बितरण नगर्ने अनि गाउँपालिका अध्यक्षले अनियमितता गरेको कुरा आमजनतामा प्रचारबाजी गरेर मेरो चरित्रहत्या गर्ने काम गरिएको छ ।”
    यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष ०७५÷०७६ मा कुल २८ लाख ७ हजार मध्ये १५ लाख ९२ हजार ३ सय रूपैया खर्च गरिएको बताईएको छ । सो रकमबाट वडा नं. ४ माटोको कार्य, वडा २ मा नाला निर्माण कार्य र वडा १ मा कुलोपैनी मर्मत र निर्माण कार्य सम्पन्न गरिएको बताइएको छ । 
    त्यस्तै पोषण कार्यक्रम लागि संघिय सरकारवाट कुल १२ लाख ५४ हजार रकम मध्ये कर्मचारीको तलव वाहेक कृषि, शिक्षा, स्वास्थ र पशु सम्बन्धी कार्यक्रम खर्च गरिएको स्वास्थ संयोजक जयनाथ यादबले जानकारी दिएका छन् ।
    पोषण कार्यक्रम लागू भएका वडा ३ गोईठी र २ मैनाकडेरीमा सुनौलो हजार दिनका गर्भवती दुबै वडाका १ सय २० जनाका दरले महिलाहरूलाई ६ वटा कुखुरा चल्ला, बालवालीकाहरूलाई स्कुल ब्याग, टिफिन बाकस, पानी बोतल, बाल्टिन, हातधुने साबुन, रूमाल, बिउबिजन, लगायतका सामग्री बितरण गरिएको संयोजक यादबले बताए ।
    यसैगरी सोही कार्यक्रम अन्तर्गत सबै वडामा एकीकृत तालिम, वडा स्तरिय बैठक, होडिंग बोर्ड, सासुबुहारी अन्तरक्रिया कार्यक्रम यस आर्थिक बर्षमा सम्पन्न गरेको बताईएको छ । 
    यता सोमबार संचारकर्मीहरुले तिरहुत गाउँपालिकाको सबै वडामा भएको बिकासिय निर्माण कार्यको अनुगमन गर्दै अधुरो रहेका विकास निर्माण कार्यलाई पूरा गर्न गाउँपालिका अध्यक्षलाई सुझाव समेत दिएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
वडा कार्यालयमा चोरी भएका  समानसहित एक पक्राउ
वडा कार्यालयमा चोरी भएका  समानसहित एक पक्राउ
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै 
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै 
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र