दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको कार्यालय (पाठशाला) मा १६ औं निजामति दिवस आइतबार मनाइएको छ ।
सक्षम निजामती प्रशासन, विकास, सम्बृद्धि र सुशासन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाले जनताको सेवा चुस्त दुरुस्त रुपमा प्रदान गर्न सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
उनले निजामती कर्मचारीहरुले जनताको सेवा सहज रुपमा सहज तरीकाबाट प्रदान गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै यस गापाबाट जनतालाई आवश्यक कामकाज गर्नमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाको अध्यक्षतामा आयोजित कायत्र्तmममा वडा न. १ का वडाअध्यक्ष दिनेश्वर मिश्र, कार्यपालिका सदस्य राधिया देवी खंग, वडा सदस्य बिरेन्द्र मण्डल, वडा सचिवहरु राम प्रसाद सिंह, मुक्तिलाल यादव, विपद अधिकृत राजेश कुमार झा, सामाजिक शाखा अधिकृत किशोर झासहित गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुले निजामती सेवा दिवसको अवसरमा आ–आफनो शुभकामना ब्यक्त गरेका थिए ।
तिलाठीमा मनाइयो निजामति दिवस
सारांश
- सक्षम निजामती प्रशासन, विकास, सम्बृद्धि र सुशासन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाले जनताको सेवा चुस्त दुरुस्त रुपमा प्रदान गर्न सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
- उनले निजामती कर्मचारीहरुले जनताको सेवा सहज रुपमा सहज तरीकाबाट प्रदान गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै यस गापाबाट जनतालाई आवश्यक कामकाज गर्नमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
- गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार झाको अध्यक्षतामा आयोजित कायत्र्तmममा वडा न.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया