कंकालिनि मन्दिरमा यस वर्ष राँगाको बलि प्रदान घट्यो

राजविराज राजविराज
|
आइतबार, आश्विन २६, २०७६
|
|
३० पटक हेरिएको
Shares

सारांश

  •     यसरी हेर्दा २०६९ सालदेखी २०७५ सालसम्म राँगको बलि बढ्दै गएको देखिन्थ्यो ।
  • तर, यस वर्ष  राँगाको बलि प्रदान गर्ने क्रममा घटेको छ ।
  •       गत वर्ष २०७५ सालमा ६ सय ३२, २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो ।

    राजविराज÷हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । तर, यस पटक भने राँगको बलि प्रदान गर्ने संख्या घटेको छ । 
    दशैंको नवमीका दिन राँगाको बली प्रदान गर्ने परम्परा रहेको कंकालिनि मन्दिरमा यस वर्ष ६ सय ४ बलि प्रदान गरिएको छ । यो संख्या गत वर्षको तुलनमा २८ वटा कम रहेको छ । गत वर्ष ६ सय ३२ वटा राँगाको वलि प्रदान गरिएको थियो । 
    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिरमा हरेक वर्ष दशैंको रौनक नै राँगाको बलि प्रदान हो । 
    यसरी हेर्दा २०६९ सालदेखी २०७५ सालसम्म राँगको बलि बढ्दै गएको देखिन्थ्यो । तर, यस वर्ष  राँगाको बलि प्रदान गर्ने क्रममा घटेको छ । 
    गत वर्ष २०७५ सालमा ६ सय ३२, २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो । यस्तै २०७० सालमा ३ सय ९१ वटा तथा २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो ।
    निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’ को दिन राँगाको बली दिने गर्छन् । यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्दछन् ।    
    यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजया दशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो । 
    यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।
    यस्तै सप्तरीको अर्को शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि महानवमी सम्म २५ हजार खसि वोकाको वलि प्रदान गरिएको पिठाधिस महाकान्त ठाकुरले वताए । जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित यस मन्दिरमा यस वर्ष लाखौं श्रद्धालु आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
करेन्ट लागेर एक बालकको ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह