सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
४६ पटक हेरिएको
Shares
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल

सारांश

  • नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी, जसपा नेपाल, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टीका जिल्ला नेतृत्वले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै धर्म र समुदायका नागरिकलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन् ।
  • विज्ञप्तिमा साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिरहाको गोलबजारका गणेश यादव तथा अन्य घटनामा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
  • दलहरुले सुनसरी, सिरहालगायत विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष तथा न्यायिक छानबिनका लागि छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
सुनसरी, सिरहा लगायतका विभिन्न जिल्लामा हालै भएका हिंसात्मक घटनापछि सप्तरीका ६ राजनीतिक दलले सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी, जसपा नेपाल, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टीका जिल्ला नेतृत्वले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै धर्म र समुदायका नागरिकलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिरहाको गोलबजारका गणेश यादव तथा अन्य घटनामा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
दलहरुले सुनसरी, सिरहालगायत विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष तथा न्यायिक छानबिनका लागि छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
संयुक्त विज्ञप्तिमा वर्तमान परिस्थितिलाई थप संवेदनशील नबनाई शान्तिपूर्ण वातावरण कायम गर्न सुरक्षा निकायलाई संयमित र जिम्मेवार ढंगले शान्ति–सुरक्षाको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साह, नेपाल कम्युनिष्ट पार्टी सप्तरीका जिल्ला संयोजक प्रताप नारायण चौधरी, नेकपा (एमाले) सप्तरीका जिल्ला सचिव देवनाथ यादव, जसपा नेपाल सप्तरीका जिल्ला अध्यक्ष केदारप्रसाद यादप, जनमत पार्टी सप्तरीका जिल्ला अध्यक्ष संजीव नारायण यादव तथा राष्ट्रिय मुक्ति पार्टी सप्तरीका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार चौधरीको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ