छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
७० पटक हेरिएको
Shares
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

सारांश

  • दसैँ अन्तर्गत महाअष्टमीका दिनसमेत तलब र सामाजिक सुरक्षा भत्ताको प्रतीक्षामा बस्नुपर्ने अवस्था आएपछि गाउँपालिकाको बजेट व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनमाथि प्रश्न उठेको छ ।
  • गाउँपालिकाले आर्थिक वर्षको सुरुवातमै गाउँसभा गरे पनि जनप्रतिनिधिबीच बजेट तथा विकास योजनाको बाँडफाँडमा सहमति जुट्न नसक्दा सभा आवश्यक प्रक्रिया पूरा गरी निष्कर्षमा पुग्न नसकेको हो ।
  • बजेट तथा योजना छनोटमा सहमति नजुट्दा गाउँपालिकाको वार्षिक कार्यक्रम र बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको छ ।
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक । 
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारीहरुले दशैंमा तलब पाएनन् भने ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता समेत उपलब्ध हुन सकेन् ।
दसैँ अन्तर्गत महाअष्टमीका दिनसमेत तलब र सामाजिक सुरक्षा भत्ताको प्रतीक्षामा बस्नुपर्ने अवस्था आएपछि गाउँपालिकाको बजेट व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनमाथि प्रश्न उठेको छ ।
गाउँपालिकाले आर्थिक वर्षको सुरुवातमै गाउँसभा गरे पनि जनप्रतिनिधिबीच बजेट तथा विकास योजनाको बाँडफाँडमा सहमति जुट्न नसक्दा सभा आवश्यक प्रक्रिया पूरा गरी निष्कर्षमा पुग्न नसकेको हो । बजेट तथा योजना छनोटमा सहमति नजुट्दा गाउँपालिकाको वार्षिक कार्यक्रम र बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको छ ।
गाउँपालिकाका एक कर्मचारीका अनुसार पालिकाका सम्पूर्ण कर्मचारीले साउन महिनादेखिकै तलब पाउन सकेका छैनन् । त्यस्तै, गाउँसभा तथा बजेटसम्बन्धी प्रक्रिया पूरा हुन नसक्दा ज्येष्ठ नागरिक, एकल महिलालगायत लाभग्राहीले सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको उनले बताए ।
श्रोतका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर जनप्रतिनिधिहरूबीच बजेट तथा योजना छनोटमा स्वार्थको टकराव भएको छ । विकास योजनाको बाँडफाँडमा सहमति नजुट्नु बजेट पारित गर्न ढिलाइ हुनुको एउटा कारण हो । यद्यपि, बजेट निर्माणमा कमिसनको स्वार्थ जोडिएको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष विद्ययानन्द चौधरीसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
युवकको घाटी रेटेर हत्या
युवकको घाटी रेटेर हत्या
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो