पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ

राजविराज राजविराज
|
शनिबार, कार्तिक ९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ

सारांश

  •     आ.
  • व.
  • २०७६÷०७७ को साउन, भदौं र असोज तीन महिनाको अवधीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्राईएको भन्सार चोरी पैठारी विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी सवारी तथा मोटरपार्टस तर्फ २८ लाख ६ हजार ५ सय मुल्य बराबरको सरसामान नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

    राजविराज÷सप्तरी प्रहरीले तीन महिनाको अवधिमा ५० लाख बढीको अबैध मालसामानसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक बाल र एक महिला समेत छन् । 
    भारतसँग खुल्ला सीमा नाका भएका कारण हुने चोरी–तस्करी नियन्त्रण गर्न प्रहरीले आफ्नो सक्रियता बढाएपछि सो मुल्य बराबरको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ । 
    नाका क्षेत्रमा प्रहरीले निगरानी तथा कडाई गरेपछि भन्सार छली चोरी तस्करी गरी ल्याइएको ५० लाख ८६ हजार ८ सय ९९ रुपैया मुल्य बराबरको विभिन्न सरसामान बरामद गर्नुका साथै चोरी तस्करीमा संलग्न एक महिला सहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    आ.व. २०७६÷०७७ को साउन, भदौं र असोज तीन महिनाको अवधीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्राईएको भन्सार चोरी पैठारी विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी सवारी तथा मोटरपार्टस तर्फ २८ लाख ६ हजार ५ सय मुल्य बराबरको सरसामान नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । 

    यस अवधिमा भंसार छली ल्याउन लागिएको १३ लाख २७ हजार ७५ रुपैयाको किराना सामग्री तथा ३ लाख १६ हजार ५ सय ८४ रुपैया मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको छ । 
    सोही अवधिमा पशु चौपाया चोरी तस्करी तर्फ ४ लाख ५० हजार र मोबाईल तथा विद्युती उपकरण तर्फ १ लाख १० हजार मुल्य बराबरको सरसामान जफत गरी भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
    उल्लेखित अवैध सरसामान जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतका क्षेत्रबाट बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए । 
    सिमा क्षेत्रमा गरिएको कडाईले राजश्व असुलीमा समेत बृद्घि भएको जानकारी दिएका प्रहरी उपरिक्षक प्रसाईले नाकाहरुमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निगरानी र कडाई गरेपछि एक पछि अर्को सफलता प्राप्त भएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन
राजविराजमा फास्ट फुड तथा अनलाईन पसल संचालन
पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह