जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह

सारांश

  •     सप्तरीको कंचनरुप नगरपालिकामा थारु महिला समाज कंचनपुरले मंगलबार आयोजना गरेको समाचकेवा महोत्सवको समापनको अवसरमा मन्त्री यादवले सो आग्रह गर्दै पार्टीमा देखिएको हैकमवादी प्रवृतिलाई समाप्त पारेर व्यक्तिको पार्टी बनाउनेहरुले जनताको पार्टी बनाउन सुझाव दिए ।
  •       नेकपाका केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादवले पार्टीलाई विद्यान अनुसार संचालन गरि पार्टीलाई एकताद्घ बनाउन नेतृत्व पंक्तिसँग आग्रह समेत गरे ।
  •     एक अर्को प्रसङ्गमा मन्त्री यादवले समाचकेवा पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै अहिले संस्कृतिकको नाममा विकृति फैलिएकोले यसतर्फ सचेत रहन सबैलाई आग्रह समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक । 
    संघीय उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले पार्टीको जग हल्लाउने काम पार्टीका नेतृत्व पंक्तीबाट भएकोले जनताको पार्टी बनाउन नेतृत्वसँग आग्रह गरेका छन् । 
    सप्तरीको कंचनरुप नगरपालिकामा थारु महिला समाज कंचनपुरले मंगलबार आयोजना गरेको समाचकेवा महोत्सवको समापनको अवसरमा मन्त्री यादवले सो आग्रह गर्दै पार्टीमा देखिएको हैकमवादी प्रवृतिलाई समाप्त पारेर व्यक्तिको पार्टी बनाउनेहरुले जनताको पार्टी बनाउन सुझाव दिए । 
    नेकपाका केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादवले पार्टीलाई विद्यान अनुसार संचालन गरि पार्टीलाई एकताद्घ बनाउन नेतृत्व पंक्तिसँग आग्रह समेत गरे ।
    एक अर्को प्रसङ्गमा मन्त्री यादवले समाचकेवा पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै अहिले संस्कृतिकको नाममा विकृति फैलिएकोले यसतर्फ सचेत रहन सबैलाई आग्रह समेत गरे ।
    उनले अहिले खुलापनको नाममा छाडापन रोक्नलाई समाजका अगुवाहरुले ध्यान दिनुपर्ने बताउँदै संस्कृति बिना मानव जाती अगाडी बढ्न नसक्ने उल्लेख गरे । उनले संस्कृतिको जगेर्नाका साथै संरक्षण गर्न समेत सरकार प्रतिबद्घ रहेको बताए । 
    संस्कृतिलाई अधिकारसँग जोडेर आप्mनो संस्कृतिको संरक्षण र जगेर्ना गर्न अगुवाहरुले भुमिका खेल्नुपर्ने जिकिर गरे । पछाडी परेका समुदायका महिलाहरुलाई जनचेतनाका साथै शिक्षा दिक्षामा समेतमा ध्यान पु¥याउन सुझाव दिए ।
    समाचकेवा पर्व झै मुलुकमा अहिले राष्ट्रिय एकताको खाचो रहेकोले यस तर्फ सम्पूर्ण नेपालीहरु एकबद्घ भएर राष्ट्रिय एकताको प्रदर्शन गर्न जरुरी रहेको उनको भनाई थियो । 
    सिता चौधरीको अध्यक्षतामा सम्पन्न महोत्सवमा कृषि तथा पशुपंक्षी राजमन्त्री रामकुमारी चौधरी, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, कृष्णाशवरण गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, स्थानिय समाजसेवी जवाहरलाल चौधरी लगायतले समाचकेवा पर्वको महत्वको बारेमा आ–आफनो विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
६५ जनाको पिसिआर परिक्षण  गर्दा ४१ जना संक्रमित
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा