दैनिक समाचारदाता
राजबिराज, १ मंसिर ।
सप्तरी प्रहरीले लागु औषध गाँजाका बोटहरु फडानी गर्ने कार्यलाई निरन्तरता दिँदै तीन सय पचिस बोटहरु नष्ट गरेको छ ।
यसै क्रममा प्रहरीले आइतबार जिल्लाको बलानबिहुल गाउँपालिका ५ मुसहरिया टोलबाट एक सय गाँजाको बोटहरु फडान गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले स्थानियहरुले घरको बारीमा लगाएको सो गाँजाको बोटहरु फडाँन गरी नष्ट समेत गरेको जनाएको छ ।
यस्तै प्रहरीले आइतबारै राजबिराज वडा नं. ११ झल्ही फर्सेठ टोलबाट दुई सय पचिस वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ ।
अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा स्थानियहरुले आफ्ना घर, बारीमा लगाएको ती गाँजाका बोटहरु फडान गरी स्थानियको रोहबरमै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
यसअघि पनि सप्तरी प्रहरीले एक महिनाको अवधीमा चार हजार भन्दा बढी गाँजाका बोटहरु जिल्लाको विभिन्न स्थानहरुबाट फडान गरि नष्ट गरिसकेको छ ।
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
सारांश
- यसै क्रममा प्रहरीले आइतबार जिल्लाको बलानबिहुल गाउँपालिका ५ मुसहरिया टोलबाट एक सय गाँजाको बोटहरु फडान गरेको छ ।
- गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले स्थानियहरुले घरको बारीमा लगाएको सो गाँजाको बोटहरु फडाँन गरी नष्ट समेत गरेको जनाएको छ ।
- यस्तै प्रहरीले आइतबारै राजबिराज वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया