दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका एक तीन वर्षिय बालक वेपत्ता भएको केही घण्टामै प्रहरीले उद्दार गरि परिवारजनको जिम्मा लगाएको छ ।
आइतबार बिहान ११ः३० बजेतिर सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमबाट अपरिचित व्यक्तिले वेपत्ता बनाएको सोही वडा निवासी प्रहलाद साहका ३ वर्षिय छोरा घनश्यामको प्रहरीले अलपत्र अवस्थामा फेला पारि उद्दार गरेको हो । बालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई आइतबार साँझ परिवारजनको जिम्मा लगाइएको छ ।
घटना विवरण अनुसार बिहान ११ः३० बजेतिर धान काट्न घरबाट छोरा घनश्यामसँगै निस्केकी आमा निलमदेवी बीच बाटोमा पर्ने खोला नजिक रोकिएकी थिइन् । छोरासहित खोला तर्न कठिन भएपछि मोटरसाइकलमा त्यसैतर्फ जाँदै गरेका एक अपरिचित यूवकलाई मोटरसाइकलमा छोरालाई राखेर खोला तार्न सहयोगका लागि आग्रह गरेकी थिइन् ।
आग्रह स्वीकार्दै ती व्यक्तिले बालक घनश्यामलाई मोटरसाइकलमा राखेर खोला पार पनि गराईदिए । तर, खोला पार गरिसकेपछि बालकलाई मोटरसाइकलबाट ओराल्नुको सट लिएर नै भागे ।
बालकको अपहरण भयो भन्दै आफन्तजनले तुरुन्तै प्रहरीमा जानकारी गराए । घटनाबारे खबर पाउना साथ प्रहरी उपरिक्षक कृष्ण प्रसाईको नेतृत्वमा एक टोली तत्कालै त्यसतर्फ खटिएको थियो । बालकको खोजी गर्दै जाँदा साँझ ६ बजेतिर भारतीय सीमासँग जोडिएको छिन्नमस्ता गाउँपालिकाकै कोचाबखारीस्थित एक बाँसधारीमा अलपत्र अवस्थामा फेला पारि बालकको उद्दार गरिएको प्रहरी उपरिक्षक प्रसाईले बताए ।
बच्चाको खोजीमा सो क्षेत्रका चारैतिर प्रहरी परिचालन गरिएको थियो । उनले मोटरसाइकलमा बच्चा लिएर जाने अपरिचित व्यक्ति बारे पनि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
सारांश
- आइतबार बिहान ११ः३० बजेतिर सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमबाट अपरिचित व्यक्तिले वेपत्ता बनाएको सोही वडा निवासी प्रहलाद साहका ३ वर्षिय छोरा घनश्यामको प्रहरीले अलपत्र अवस्थामा फेला पारि उद्दार गरेको हो ।
- बालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई आइतबार साँझ परिवारजनको जिम्मा लगाइएको छ ।
- घटना विवरण अनुसार बिहान ११ः३० बजेतिर धान काट्न घरबाट छोरा घनश्यामसँगै निस्केकी आमा निलमदेवी बीच बाटोमा पर्ने खोला नजिक रोकिएकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया