अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे

सारांश

  •     सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनको इमतियाजसँग समाजिक परम्परा अनुसार विवाह भएको हो ।
  •     बिबाह भएको ६ महिनासंगै बिताएका उनी वैदेशिक रोजगारका लागि गएका थिए ।
  • दुई वर्ष पछि वैदेशिक रोजगारबाट फर्केका उनले विभिन्न लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पीडित आयसा खातुनले बताइन् ।

दैनिक समाचारदाता
सिरहा, ३० मंसिर । 
    सप्तरीको खडक नगरपालिका ८ विष्णपुर बस्ने २२ वर्षिय मो. इमतियाजले अरुसँग कुराकानी गरेको शंकाकै भरमा आफ्नै पत्नी आयसा खातुनलाई निर्घात कुटपिट गरेका छन् ।
    सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनको इमतियाजसँग समाजिक परम्परा अनुसार विवाह भएको हो ।
    बिबाह भएको ६ महिनासंगै बिताएका उनी वैदेशिक रोजगारका लागि गएका थिए । दुई वर्ष पछि वैदेशिक रोजगारबाट फर्केका उनले विभिन्न लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पीडित आयसा खातुनले बताइन् ।
    “कसैको फोन आयो कि शंका गर्ने, बिबाहमा तिम्रो बुबाले के नै दिएको छ जस्ता आरोप लगाइ दिनहँु कुटपिट गर्ने, घर निकाला गर्ने, म अर्को विवाह गर्छु” भन्दै यातना दिने गरेको लहानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित खातुनले बताइन् ।
    पीडित आयसाले बुबा मोहम्मद रहमुल राइनले यस विषयमा आयसाको घर गई उनका पतिलाई सम्झाउने कार्य समेत गरेको बताइन् । सो समयमा खडक नगरपालिकाका प्रमुख हेमायु राइन लगायत अन्य भद्र भलादमीको रोहबरमा इमतियाजलाई सम्झाइ बुझाइ दिने आश्वास पाएका उनको भनाई छ । तर, पुनः केहि दिनमै पतिले पुनः निर्घात कुटपिट गर्न थालेको पीडितका बुबा राइनले पत्रकार सम्मेलनमा जानकारी दिए । 
    यता आइसालाई कुटपिट गर्दा सासु अजिता खातुन र ससुरा तसिलनले पनि साथ नदिएको र उल्टै सासुले हप्काउने गरेको आयसाको आरोप छ ।
    यस सम्बन्धमा आयसाले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी र इलाका प्रहरी कार्यालय लहानमा समेत निवेदन दिएको जानकारी दिइन् । 
    निर्घात कुटपिटबाट घाइते बनेकी आयसाको उपचार राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको पीडितका बुबा राइनले बताए ।
    यसअघि शनिबार मात्र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षिया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा