सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 

राजविराज राजविराज
|
बिहिबार, पौष १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     त्यस्तै सप्तरीको प्रमुख सिचाई आधार मानिएको कोशी पम्प नहर सप्तरीको उत्तरी भागबाट संचालन भएको सप्तरीको अधिकांश ठाउँमा सिचाई पु¥याई रहेको छ ।
  • गत वर्षको बाढीले नहरलाई ठाउँ ठाउँमा ठूलो क्षति पु¥याएको अवस्था रहेकोमा चन्द्र नहर डिभिजन कार्यालयको सक्रियतामा कमी रहेको कारण ठोस रुपमा नहरको भौतिक पूर्वाधारहरुमा बाँध, डाइभर्सन तथा पम्प मिसिलको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गईरहेको छ ।
  • पम्प नहरका भिसिहरु उपशाखा नहरहरु अवस्था पनि दिन प्रतिदिन कमजोर र भत्किरहेको छ भने समयमा पम्प नहरले पानी वितरण गर्न नसकेको हजारौं हेक्टरमा लगाएका गहुँ वाली सिचाईबाट बन्चित हुने देखिन्छ ।

अमरनाथ मण्डल
    नेपालकै सबभन्दा पुरानो नहरको रुपमा स्थापित चन्द्र नहर राणाकालका प्रधानमन्त्री चन्द्र शमशेरको पालामा र उहाँको नाउँमा निर्माण भएका चन्द्र नहर र कोशी ब्यारेज, निर्माण पछिको सिचाई आधार मान्ने गरी निर्माण गरिएको कोशी पम्प नहरको अवस्था र सन्दर्भबारे समय अनुकुल अहिले सप्तरीमा जोरतोरले ती दुई नहरको मुख हेरी आश गर्न सप्तरीका किसानहरु रहेको अवस्था यी दुई नहरको अवस्थाहरु दिन प्रतिदिन जर्जर भईरहेका छन् । पानी वितरण देखि लिएर मर्मत सम्भार तथा पुनः निर्माणको पर्खाइमा वर्षौ देखि पर्खेको नहरहरुको अवस्था दिनप्रतिदिन भौतिक निर्माणको पर्खाइमा रहेको कारणले गर्दा कृषकहरु समयमा खेतमा पानी पाउन तथा सिचाई गर्न पाइरहेको छैन । 
    सप्तरीको पुर्वी भेग तोपा, मंसापुर, भगवतपुर, महदेवा, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँहरुमा चन्द्र नहरको आशामा हजारौं हेक्टर जग्गामा गहुँ खेती लगाउने गरेको अवस्थामा प्रत्येक वर्ष समयमा पानी नपाएको कारण कृषकहरु चर्को मुल्यमा डिजल, तथा विद्युतीय प्रणालीबाट सिचाई व्यवस्था मिलाउने गरेको कृषकहरुको गुनासो आफ्नै ठाउँमा रहेको छ । नेपाल कृषि प्रधान देश रहेको अवस्थामा कृषकहरुको खेती गर्ने प्रमुख आधार धान खेती र गहुँ खेती रहेको अवस्थामा अहिले गहुँ खेती पानी सिचाईबाट उत्पादन नहुने अवस्थामा चन्द्र नहर व्यवस्थापन पक्ष देखि लिएर चन्द्र नहर डिभिजन कार्यालय समेत मर्मत सम्भार देखि लिएर नहरको पुनर्सरचना समेत तर्फ ध्यान नदिएको गुनासो कृषकहरुबाट उठिरहेको अवस्था छ । सप्तरीले चन्द्र नहर प्रतिको आशा र विश्वास वर्षौ देखि रहेको अवस्थामा चन्द्र नहरले वर्षौ देखि सिचाई व्यवस्थालाई तदरुकताका साथ पानी संचालन गरेको प्रति कृषकहरु चन्द्र नहर प्रति अझै विश्वास गर्ने गरिन्छ । चन्द्र नहर नेपालकै पुरानो नहर भएका कारणले प्रदेश सरकार स्थानीय सरकार यी सिचाई मुहान प्रति तदरुपता तथा सक्रियता नदेखाएको गुनासो कृषकहरुबाट उठिरहेको आफ्नै ठाउँमा छ । चन्द्र नहर फैलिएको क्षेत्र भित्र महादेवा गाउँपालिका, कोइलाडी तिलाठी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको प्रत्यक्ष मातहत र परिधि भित्र क्षेत्रफलको आधारमा निर्माणाधिन रहेको चन्द्र नहरको मर्मत पुनर्सरचना जिम्मा स्थानीय निकाय समेत रहेको अवस्थामा आगामी दिनका बजेटहरुमा यी गाउँपालिका र नगरपालिका चन्द्र नहर प्रतिको कुनै प्रकारको बजेट छुट्याएको छैन भने चन्द्र नहर डिभिजन कार्यालयको कार्यालय प्रमुख देखि लिएर कर्मचारीहरुको लापरवाहीले समयमा साधारण मर्मत समेत चन्द्र नहरमा नहुने गरेको स्थानीय बासी कृषकहरुको गुनासो आफ्नै ठाउँमा त्यस्तै सप्तरी चन्द्र नहरको उपभोक्ता समिति धेरे प्रख्यात र नाम चलेका व्यक्तिहरु उपभोक्ता समितिमा रहेको वर्षौ देखि रहेको अवस्थामा उपभोक्ता समितिहरुको आर्थिक उन्नती भएको छ भने नहर दिन प्रतिदिन जगेडाको अवस्थामा पुगिरहेका छन् । 
    त्यस्तै सप्तरीको प्रमुख सिचाई आधार मानिएको कोशी पम्प नहर सप्तरीको उत्तरी भागबाट संचालन भएको सप्तरीको अधिकांश ठाउँमा सिचाई पु¥याई रहेको छ । गत वर्षको बाढीले नहरलाई ठाउँ ठाउँमा ठूलो क्षति पु¥याएको अवस्था रहेकोमा चन्द्र नहर डिभिजन कार्यालयको सक्रियतामा कमी रहेको कारण ठोस रुपमा नहरको भौतिक पूर्वाधारहरुमा बाँध, डाइभर्सन तथा पम्प मिसिलको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गईरहेको छ । पम्प नहरका भिसिहरु उपशाखा नहरहरु अवस्था पनि दिन प्रतिदिन कमजोर र भत्किरहेको छ भने समयमा पम्प नहरले पानी वितरण गर्न नसकेको हजारौं हेक्टरमा लगाएका गहुँ वाली सिचाईबाट बन्चित हुने देखिन्छ । समय अनुसार नहरहरुलाई मर्मत सम्भार गरी नहरलाई आधुनिकीकरण सिचाई प्रणाली बनाउनुपर्ने प्रदेश सरकारको  संघीय सरकारको दायित्व रहेको अवस्थामा स्थानीय सरकारले प्रदेश र संघीय सरकारलाई समय समयमा घच्घचाउन निर्माणको लागि माग गर्नु, बजेटको लागि माग गर्नु पर्ने अवस्थामा स्थानीय तहले पनि यी दुई नहर प्रति सौतेला व्यवहार गरी रहेको स्पष्ट देखिन्छ । नेपालभरिमा नै सप्तरी धान र गहुँ उत्पादनमा सबभन्दा बढी उत्पादक जिल्ला सप्तरी रहेको अवस्थामा मलखाद बिउ बिजन तथा सिचाई सुविधाबाट सप्तरीका कृषकहरु सधैं पिडा खेपिरहेको अवस्थामा सप्तरीको स्थानीय जनप्रतिनिधि प्रदेश जनप्रतिनिधि र संघीय जनप्रतिनिधिहरुको चासो देखिरहेको छैन । मधेशका अनभण्डारको रुपमा चिन्ने जिल्लाको रुपमा सप्तरी रहेको र सप्तरीको कृषकहरु प्रति देखाईरहेको भेदपूर्ण नितिको कारणले गर्दा कृषकहरु खेती गर्न छाड्ने मानसिकताको अवस्थामा पुगेका छन् । 
    प्रदेश सरकारमा सप्तरीकै कृषि मन्त्री रहँदा वहाँले ठाउँ ठाउँमा नहर तथा सिचाई मुहानहरुलाई निरिक्षण र अनुगमन गरी उहाँको सक्रियतामा ठूला ठूला नदीहरुमा बाँध बाँधी सिचाई व्यवस्था सरल र सुुलभ बनाउन सक्रिय भुमिका खेल्नु पर्ने अवस्थामा प्रदेश सरकारबाट छुट्टै बजेटको व्यवस्था मिलाउनु पर्ने अवस्था रहेको कृषकहरुको आमधारणा रहेको छ । त्यस्तै प्रदेश तथा केन्द्र सरकारबाट डिपबोर्डिङ्ग, बोर्डिङ्ग, सहज र सरल रुपमा कृषि मिटर तथा कृषि कार्यालयबाट साधारण मोटर लगायत सस्तो दर भाउमा मलखाद्य बिउ बिजनको व्यवस्था मिलाउनुपर्ने कृषि मन्त्री तथा प्रदेश सरकारसँग सप्तरीबासी आशा र विश्वास राखेका छन् । 
    सप्तरीका दुई सिचाई मुहान कोश पम्प नहर र चन्द्र नहरलाई व्यवस्थित पुर्नसंरचना, पुननिर्माण तथा सिचाई हुने प्रमुख मर्मत सम्भार नहरहरुमा गरी गराई सरल रुपमा कृषकको खेतसम्म पानी सिचाई हुने व्यवसथा मिलाई दिन सम्बन्धित पक्षहरुको समयमा ध्यान जानुपर्ने आवश्यकता रहेको छ । साथै सप्तरीको विकासको लागि कृषि क्षेत्रलाई प्रमुखताको साथमा राखी कृषिलाई आधुनिकीकरण गरी उत्पादन क्षमतामा वृद्धि गर्नको लागि राज्यबाट विस्तारित कृषि नीतिलाई स्वस्थ र पादर्शी भ्रष्टाचार बिना इमान्दारतापुर्वक सक्रियताका साथ आगाडी बढाउनु पर्ने देखिन्छ । जसको फलस्वरुप सप्तरीमा धानको उत्पादन ठूलो रुपमा भए पनि गहुँ खेतीको सक्रियता र गहुँ बाली उत्पादनम ठूलो फड्को मार्ने आशा गर्न सकिन्छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
मर्मत सम्भारको माग गर्दै चक्काजाम
मर्मत सम्भारको माग गर्दै चक्काजाम
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो