दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
सप्तरीको कंचनरुप नगरपालिकामा ८४ करोड बढीको लागतमा मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित् भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासका लागी गाउँ–गाउँमा खेल पुर्वाधार निर्माणलाई पु¥याउने नीति अनुसार सप्तरीमा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्र¥याक सहितको मदन भण्डारी रंगशाला निर्माण हुन लागेको हो ।
रंगशाला मुल्य अभिवृद्घिकर (भ्याट) बाहके ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाको लागतमा निर्माण हुन लागेको छ । निर्माण हुने मदन भण्डारी रंगशालामा फुटवल ग्राउण्ड, एथलेटिक्स ट्र¥याकका साथै दर्शकका लागि आवश्यक प्यारापिट रहने छन् ।
मन्त्रालयद्वारा रंगशाला निर्माणका लागी शुक्रबार राष्ट्रिय खेलकुद परिषद मार्फत टेन्डर आहवान समेत गरिएको कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले जानकारी दिएका छन् ।
कंचनरुप नगरपालिकाको वडा नं. ९ मा निर्माण हुन लागेको रंगशालाका लागि नगरपालिकाले १५ विगहा जग्गा उपलब्ध गराई सकेको छ भने आवश्यक परे सोही स्थानमा थप जग्गा उपलब्ध गराउन सकिने नगरप्रमुख मिश्रको भनाई छ ।
रंगशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानिय स्तरबाटै राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मदत पुग्ने स्थानियको भनाई छ ।
सप्तरीको कंचनरुपमा मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित्
सारांश
- युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासका लागी गाउँ–गाउँमा खेल पुर्वाधार निर्माणलाई पु¥याउने नीति अनुसार सप्तरीमा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्र¥याक सहितको मदन भण्डारी रंगशाला निर्माण हुन लागेको हो ।
- रंगशाला मुल्य अभिवृद्घिकर (भ्याट) बाहके ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाको लागतमा निर्माण हुन लागेको छ ।
- निर्माण हुने मदन भण्डारी रंगशालामा फुटवल ग्राउण्ड, एथलेटिक्स ट्र¥याकका साथै दर्शकका लागि आवश्यक प्यारापिट रहने छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया