दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
नेपाली काँग्रेस सप्तरीले सूचना प्रविधि बिधेयकले संविधान प्रदत नागरिक अधिकार हनन् गर्न लागेको भन्दै आइतबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
काँग्रेस सप्तरीले सूचना प्रविधि विधेयक बिरुद्ध ¥याली निकाल्दै राजविराजको विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।
नेपाली काग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको नेतृत्वमा भएको प्रदर्शनमा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिरोध ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगि प्रधानमन्त्रीको कार्यालयलाई बिरोध पत्र समेत बुझाएको छ ।
बुझाइएको बिरोध पत्रमा नेपाल सरकारले विशेषा सेवा गठन र संचालन सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक तथा संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूच्ना प्रविधि विधेयकले संविधान प्रदत नागरिक अधिकार हनन् गर्न लागेको विषय अत्यन्तै गम्भिर रहेको उल्लेख छ ।
ज्ञापनपत्रमा नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्र रहेको हुँदा नेपाली काँग्रेस जिल्ला कार्य समितिले त्यस्ता षडयन्त्र बिरुद्ध बिरोध गरेको उल्लेख छ ।
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
सारांश
- काँग्रेस सप्तरीले सूचना प्रविधि विधेयक बिरुद्ध ¥याली निकाल्दै राजविराजको विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।
- नेपाली काग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको नेतृत्वमा भएको प्रदर्शनमा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
- बिरोध ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगि प्रधानमन्त्रीको कार्यालयलाई बिरोध पत्र समेत बुझाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया