असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण

राजविराज राजविराज
|
मंगलबार, माघ १४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण

सारांश

  •     राष्ट्रिय सहकारी बैंक राजविराज र जन ज्योति कृषि सहकारी संस्था मलेठको संयुक्त सहयोग तथा राजविराज वडा नं.
  • ९ को सहकार्यमा १ सय ५० गरिब असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई सो कम्बल प्रदान गरिएको छ ।
  •       आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारको घरदौलोमा पुगेर तथ्याङ्क संकलन गरि सूची तयार पारिएको वडा अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ माघ । 
    राजविराज वडा नं. ९ मलेठका गरिब असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई सोमबार कम्बल प्रदान गरिएको छ । 
    राष्ट्रिय सहकारी बैंक राजविराज र जन ज्योति कृषि सहकारी संस्था मलेठको संयुक्त सहयोग तथा राजविराज वडा नं. ९ को सहकार्यमा १ सय ५० गरिब असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई सो कम्बल प्रदान गरिएको छ । 
    आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारको घरदौलोमा पुगेर तथ्याङ्क संकलन गरि सूची तयार पारिएको वडा अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए । उनले सो तथ्याङ्कबाट १ सय ५० जनाको नाम अन्तिम सूचीमा राखेर चिसोबाट जोगिन कम्बल वितरण गरिएको बताए । 
    राष्ट्रिय सहकारी बैंक राजविराजका संचालक एवं प्रदेश २ का संयोजक तथा संस्थाका अध्यक्ष समेत रहेका 
    स्विश्वनाथ मण्डलले संस्थाले सामाजिक कार्य समेत विगतमा गरेकोले सोही कामलाई यसपटक पनि निरन्तरता दिएको उल्लेख गरे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत प्रकृतिक प्रकोप अग्निीपीडित, बाढी पीडित तथा चिसो प्रभावित ब्यक्तिहरुलाई भविष्यमा समेत सहयोग गरिरहने बताए । 
    त्यस्तै राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रमुख विष्णु पराजुलीले बैंक तथा सहकारी संस्थाले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चिसो पिडित गरिब, असहायलाई सानो सहयोग गरेको बताए । 
    संस्थाका अध्यक्ष मण्डलको अध्यक्षता तथा वडाध्यक्ष यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पत्रकार अमरनाथ मण्डल, वडा सदस्य रेखा देवी खत्वे, जनज्योति कृषि सहकारी संस्था लि.का उपाध्यक्ष डम्बर नारायण यादव लगायतले पनि गरिब असहायलाई कम्बल वितरण गरेका थिए । 
    यता न्यानो लुगाको अभावमा चिसोका कारण कष्टकर जिवन बिताईरहेका गरिब असहाय, असक्त र ज्येष्ठ नागरिकहरु कम्बल पाएपछि हर्षित देखिन्थे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह