दैनिक समाचारदाता
सुनसरी, १९ माघ ।
सुनसरीको रामधुनी नगरपालिका २ कृषी फर्म छेउमा आइतबार बिहान माइक्रो (हायस) र बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रुहरु घाईते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा परि हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परी हायसमा सवार ११ तथा बसमा सवार तीन जनाको एपेक्स हस्पिटल ईटहरी, धरानको घोपामा र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यता बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
सारांश
- पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको हो ।
- सो दुर्घटनामा परि हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीले जनाएको छ ।
- यस्तै दुर्घटनामा परी हायसमा सवार ११ तथा बसमा सवार तीन जनाको एपेक्स हस्पिटल ईटहरी, धरानको घोपामा र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया