विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते

राजविराज राजविराज
|
सोमबार, माघ २०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित राजमार्गमा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बालिका घाइती भएकी छिन् ।
  •       पुर्ब बाट पश्चिम तर्फ जादै गरेको को.
  • ३०.

दैनिक समाचारदाता
राजबिराज, २० माघ ।  
    सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने बालिकासहित पाँच जना घाइते भएका छन् । 
    सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित राजमार्गमा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बालिका घाइती भएकी छिन् । 
    पुर्ब बाट पश्चिम तर्फ जादै गरेको को.३०.प. १०४८ नं.को मोटरसाइकलले पैदलयात्री स्थानिय ७ वर्षिया रमिता कुमारी पासवानलाई ठक्कर दिएको हो । बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा शरिरको बिभीन्न भागमा चोट लागेर घाइते भएकी पासवानलाई उपचारको लागी सप्तऋषी अस्पताल लहान लागि लगिएको प्रहरीले जनाएको छ । 
    यस्तै जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख.५७०३ न.को बसले ना.५०प. ८६२६ नं.को मोटरसाइकललाई ठक्कर दिदा नाम नखुलेका अन्दाजी २० वर्षिय पुरुषको मृत्यु भएको छ । 
    सो दुर्घटनामा अन्य एकजना समेत घाइते भएका छन् । प्रहरीका अनुसार २० वर्षिय पुरुषको टाउकोमा चोट लागेको तथा दाहिने खुट्टा भाचेको अवस्थामा रुपनी अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा थप उपचारका लागि बिराटनगरतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यसैगरि जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् । 
    लालापट्टीबाट सखडा तर्फ आईरहेको ना.६त. ६९५० नं. को ट्याक्टरले बिपरित दिशाबाट गईरहेको अनटेष्ट भारतिय नं.को मोटसाइकललाई ठक्कर दिदाँ चालक र पछाडी बस्ने अर्का व्यक्ति घाइते भएका हुन् । 
    घाइते हुनेहरुमा भारतको सुपौल जिल्ला कुनौली बजार बस्ने ३८ वर्षिय अशोक ठाकुर र पछाडि सबार सोही स्थान निवासी ३५ वर्षिय कन्हैया गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुबै घाइतेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।  
    त्यस्तै जिल्लाको शम्भुनाथ नगरपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा.६०प. ७५९ न.को मोटरसाइकलले सोही दिशाबाट जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको छ । सो ठक्करबाट १८ वर्षिया साइकलयात्री सविना चौधरीको दाया खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ । 
    चार वटै दुर्घटनाका सवारीसाधनहरुलाई प्रहरीले आ–आफ्नो मातहातको कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
सशस्त्र प्रहरी तालिम शिक्षालयको उद्घाटन
सशस्त्र प्रहरी तालिम शिक्षालयको उद्घाटन
खडक नगरपालिका ११ बालविवाह मुक्त घोषणा
खडक नगरपालिका ११ बालविवाह मुक्त घोषणा
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
गाउँ ब्लकका जग्गामा बसोवास गर्नेलाई लालपूर्जा प्रदान
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता