दश महिनापछि खेलकुदको ताला खुल्यो

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
४५ पटक हेरिएको
Shares
दश महिनापछि खेलकुदको ताला खुल्यो

सारांश

  •     समितिकै उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्मा बहुमत पदाधिकारीले विभिन्न माग राखी समितिको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
  •     समितिको कोषाध्यक्ष राजेश कुमार चोधरीले दिउसो ३ बजे तिर समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा भारोत्तोलन सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक उपाध्यक्ष मनोज यादवलगायत खेलाडी र प्रशिक्षकको उपस्थितिमा सो ताला खोलिएको हो ।
  •       यसैबीच बिहिबारै कोषाध्यक्ष चौधरीले विज्ञप्ती जारी गरी लामो समयको तालाबन्दीका कारण खेलकुद गतिविधि प्रभावित भएकाले खेलाडीहरुको भावनाको कदर गर्दै तालाबन्दी कार्यक्रम तत्कालका लागि फिर्ता लिईएको जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
    गत जेठ ७ गतेदेखी विभिन्न माँगहरु राख्दै जिल्ला खेलकुद विकास समिति कार्यालय सप्तरीमा लगाइएको ताला दश महिनापछि विहिबार खुलेको छ । 
    समितिकै उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्मा बहुमत पदाधिकारीले विभिन्न माग राखी समितिको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
    समितिको कोषाध्यक्ष राजेश कुमार चोधरीले दिउसो ३ बजे तिर समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा भारोत्तोलन सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक उपाध्यक्ष मनोज यादवलगायत खेलाडी र प्रशिक्षकको उपस्थितिमा सो ताला खोलिएको हो । 
    यसैबीच बिहिबारै कोषाध्यक्ष चौधरीले विज्ञप्ती जारी गरी लामो समयको तालाबन्दीका कारण खेलकुद गतिविधि प्रभावित भएकाले खेलाडीहरुको भावनाको कदर गर्दै तालाबन्दी कार्यक्रम तत्कालका लागि फिर्ता लिईएको जनाएका छन् । 
    यद्यपी विज्ञप्तीमा आफुहरुले उठाएका तीन बुँदे माग सात दिन भित्र सम्बोधन नभए थप शसक्त कार्यक्रम गर्ने चेतावनी समेत विज्ञप्ती माफर्त दिइएको छ । समितिका सवै पदाधिकारी सत्ताधारी नेकपाद्वारा नै मनोनित भएपनि २ गुटमा विभाजित भएपछि विवाद सँगै तालाबन्दी पनि लम्बीदै गएको थियो । 
    अध्यक्ष अमर खवास बाहेकका पदाधिकारीले कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा हुनुपर्ने, २०७१÷०७२ देखिको आय व्यय सार्वजनिक गर्नुपर्ने तथा कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त नाममा समितिको खाता संचालन हुनुपर्ने प्रमुख माग राखी गत ७ जेठमा समितिको मुल गेट तथा कार्यालयका अन्य सवै फाटमा तालाबन्दी गरेका थिए । 
    तालाबन्दीका कारण विभिन्न राष्ट्रिय प्रतियोगितामा सप्तरीबाट खेलाडीहरु सहभागिता हुनबाट बञ्चित समेत भएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
जनजागरण अभियान अन्तरगत ¥याली
जनजागरण अभियान अन्तरगत ¥याली
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव