सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट

सारांश

  •     नेपाल सरकारको गम्भिरता र सक्रियतामा सार्थक रुपले स्वास्थ्य क्षेत्रमा सक्रिय नदेखिएको सन्दर्भ लिएर सरकारले कोरोना भाइरसको प्रकोप नेपालमा नपर्ने सचेतनामा पर्याप्त खाँचो देखिएको अवस्थामा अहिले नेपालका स्वास्थ्य स्तरका निकायहरुले आफ्नो स्तरबाट हेल्प डेस्कहरु राख्ने व्यवस्था मिलाएतापनि दक्ष प्राविधिक र सवल यन्त्रहरुको आवश्यकताको अपरिहार्यता देखिन्छ ।
  • अहिले नेपालमा पनि कोरोना भाइरसको प्रकोप आइसकेको हल्लाहरु फैलिरहेको सन्दर्भमा नेपाल सरकारले आधिकारिकता रुपमा कोरोना भाइरस नेपालमा देखापरेको कुनै प्रकारको पुष्टि गरेको छैन ।
  • तसर्थ नेपालमा कोरोना भाइरसको प्रकोप छ भने अहिले विश्वासको साथ भन्ने अवस्था नदेखिएको सन्दर्भ लिएर डराउनु पर्ने अवस्था देखिदैन ।

अमरनाथ मण्डल
    अहिले सम्पूर्ण विश्व नै त्रासको मनोस्थितिबाट गुज्रिरहेका छन् । कुनै समयमा यस्ता प्रकारका माहामारी प्रकोपबाट मानव जातिले जटिलता भोगिसकेका छन् । मानव सभ्यता विकसित हुँदै जाँदा विकासका परिवेशहरुको उदय हूँदै जाँदा वैज्ञानिक आधारमा जटिलभन्दा जटिल रोगहरुको तथा विभिन्न किसिमका भाइरस संक्रमणहरुको उपचारको आधारहरु खोजी विश्वलाई जटिलभन्दा जटिल भाइरस संक्रमणहरुको उपचार खोजेका थिए । विकसित संसारको परिवेशमा आजभन्दा ३० वर्ष पहिले झाडापखालाको महामारीलाई हैजाको रुपमा ठुलो माहामारी सिद्ध भएका थिए भने समय परिस्थिति अनुसार डेंगु रोग, मलेरिया, क्षयरोग जस्ता सर्ने रोगहरुको महामारी विश्वमा देखा परेका थिए भने जटिलभन्दा जटिल रोगहरुको सामाधान उपाय तथा औषधिहरुको अविष्कार समय अनुपात हुँदै गए । तर चीनबाट महामारीको रुपमा विश्वलाई नै स्वास्थ्य क्षेत्रमा असर पार्ने रोग कोरोना भाइरसको विगिबिगिले विश्व अहिले चिन्तित बनेका छन् । 
    कोरोना भाइरस चीनको हुवान शहरबाट सम्पूर्ण विश्वमा धेरै जसो देशमा माहामारीको रुपमा तीब्र गतिमा फैलिरहेको सन्दर्भ लिएर चिन छिमेकी नेपाल रहेकोले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको जोखिम क्षेत्रको रुपमा अघि नै घोषणा गरिसकेको अवस्थामा हाल आएर तीब्र गतिमा भारतको राजधानी नयाँ दिल्ली लगायत अन्य देशहरुमा कोरोनाको तीब्रताको लहरले नेपाली जनतालाई पनि चिन्तित तुल्याइएको छ । 
    नेपाल सरकारको गम्भिरता र सक्रियतामा सार्थक रुपले स्वास्थ्य क्षेत्रमा सक्रिय नदेखिएको सन्दर्भ लिएर सरकारले कोरोना भाइरसको प्रकोप नेपालमा नपर्ने सचेतनामा पर्याप्त खाँचो देखिएको अवस्थामा अहिले नेपालका स्वास्थ्य स्तरका निकायहरुले आफ्नो स्तरबाट हेल्प डेस्कहरु राख्ने व्यवस्था मिलाएतापनि दक्ष प्राविधिक र सवल यन्त्रहरुको आवश्यकताको अपरिहार्यता देखिन्छ । अहिले नेपालमा पनि कोरोना भाइरसको प्रकोप आइसकेको हल्लाहरु फैलिरहेको सन्दर्भमा नेपाल सरकारले आधिकारिकता रुपमा कोरोना भाइरस नेपालमा देखापरेको कुनै प्रकारको पुष्टि गरेको छैन । तसर्थ नेपालमा कोरोना भाइरसको प्रकोप छ भने अहिले विश्वासको साथ भन्ने अवस्था नदेखिएको सन्दर्भ लिएर डराउनु पर्ने अवस्था देखिदैन । 
    कोरोना भाइरस मानवले आफ्नो जीवन आहार–व्यवहार तथा रहनसहन र स्वच्छ वातावरणको सिर्जना गरि सफासुघर रही सचेतको साथ कुनै प्रकारका फोहोर वातावरणहरुबाट टाढा बसी समयमा खाना खानु पहिल्यै हात धुनु लगायत आफ्नो घरको वरिपरि सफा वातावरण अवस्था सिर्जना गरी भिडभाडहरुमा माक्सको प्रयोग गरी लगायतका सचेत वातावरणको सिर्जना गरी जीवनलाई परिवर्तित सफा वातावरणमा सिर्जना गरी जीवनलाई संचालन गरे भने यस्ता भाइरस प्रकोपहरुबाट सहज रुपमा बच्न सकिन्छ ।
    समाजमा कोरोना भाइरसको कुनै प्रकारका लक्षणहरु कसैलाई देखाप¥यो भने समाजको सचेत नागरिकको परिभाषा दिई समयमा त्यस्ता लक्षण देखिएका रोगीहरुलाई स्वास्थ्य चौकीमा उपचारकोलागि सल्लाह दिनु वातावरणको व्यवस्था मिलाउने काम गरियो भने त्यस्ता भाइरसबाट हामी सजिलैसँग बच्न सक्ने वातावरण सिर्जना हुन्छ । कोरोना भाइरसको लक्षणहरुमा तीब्र ज्वरो आउने, ज्वरोको मापदण्ड १०३, १०४ सम्म रहने स्वाश्प्रश्वास प्रकोपको मात्रा बढ्दै जाने रुघा खासी तीब्र रुपमा देखापर्ने जस्ता लक्षणहरु यदि परिवार, समाज तथा साथीभाइहरु देखापरे भने त्यसलाई तूरुन्त नजिकको स्वास्थ्य संस्थाहरुमा शंकाको निवारण सल्लाह दिनुपर्छ । कोरोना भाइरसको मात्रा शरिरमा ५० देखि ६० प्रतिशत प्रकोप शरिरमा फैलिएपछि मात्रै लक्षणहरुको असर देखापर्न थाल्छ भने कसैकसैलाई ९० प्रतिशतसम्म भाइरसबाट ग्रसित भई पछि मात्रै देखापरिन्छ । त्यसैकारण साधारण खासी लाग्दा ज्वरो आउँदा त्यसमा पनि अलिकति पनि स्वाशप्रश्वास रोगको प्रकोप देखापरे तुरुन्त चिकित्सकसँग सल्लाह लिनु पर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । स्वच्छ खानपान स्वच्छ वातावरणको निर्माण गरी स्वच्छ हावापानीको प्रवेश शारीरिक वातावरणमा राख्नु पर्ने देखिएकोले यस्तो अवस्थामा कुनै प्रकारको कुनै प्रकारको त्रासमा र रोगबाट डराउनु पर्ने अवस्था देखिदैन । 
    नेपाल सरकारको स्वास्थ्य संस्थाहरुमा खास गरी स्वास्थ्य चौकी, उप–चौकीहरुमा नियमित प्राविधिक चिकित्सकहरुको वसाई नरहेको सन्दर्भ लिएर त्यसमा पनि स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरुमा, अन्य कार्यालयहरुमा लगाउने गरेकोले प्राविधिकहरु विचलनको अवस्था रहेको छ । गाउँपालिका, नगरपालिकाहरुमा स्वास्थ्य चौकीहरुलाई समायोजन गरेको सन्दर्भ लिएर अहिले जिल्ला स्वास्थ्य संस्थाहरु अलपत्रको अवस्थामा रहेको सन्दर्भमा नेपाल सरकार तथा प्रदेश सरकार र स्थानीय सरकारको सवल सक्रियताको पहल गरी स्वास्थ्य चौकीहरुमा नियमित, प्राविधिक तथा चिकित्सकहरुको बसाईको अवस्था तथा चिकित्सक प्राविधिकहरुको कार्यको अनुगमन निरिक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव अनुसार स्वास्थ्य चौकीहरुको अनुगमणहरुको लागि जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा प्रयाप्त बजेटको अभावले रहेकोले बजेटको व्यवस्था मिलाईदिन प्रदेश र संघीय सरकारलाई अनुरोध गरेका छन भने अहिले विश्वमा नै त्रासको मनोस्थितिबाट गुज्रिरहेको सन्दर्भ लिएर कोरोना भाइरस जस्तो माहामारीबाट बचाउनका लागि हरेक मानिसले आफ्नो शरीरको आफै स्वच्छ वातावरणमा राख्नुपर्ने अवस्था देखिन्छ ।  यदि हामी स्वच्छ वातावरणको अवस्था सिर्जना ग¥यो भने हामीलाई कुनै प्रकारको भाइरसबाट डराउनु पर्ने आवश्यकता देखिदैन । 
    अहिले नेपालमा कोरोना भाइरसको कुनै प्रकोप नरहेको भविष्यमा आफु आफुमा नै स्वास्थ्य सचेतनाको नितिहरुको अख्तियार गरे भने नेपालमा कोरोना भाइरसको प्रकोप छुन नसक्ने अवस्था सिर्जना हुन्छ । त्यसैकारणले यस्ता भाइरसबाट सचेत रहनु पर्छ भने डराएर आतिएर मांसिक स्थितिलाई विगार्नु पर्ने अवस्था देखिदैन । त्यसैकारण हामी सचेत होऔं, हामी स्वस्थ बनौं । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमूखीको साधारण सभा सम्पन्न
जनमूखीको साधारण सभा सम्पन्न
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज
बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प
बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम