दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर शनिबारदेखी राजविराज नगरपालिकाले राजरंगशालामा संचालनमा ल्याएको हटिया बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार नगरपालिकाको सम्पन्न बैठकले हाल रंगशालामा संचालित हटिया तथा वडाहरुमा समेत संचालित अन्य हाट बजार पनि बन्द गर्ने निर्णय गरेको हो ।
हाट बजार संचालन गर्ने नगरपालिका आफैले गरेको निर्णय तीन दिनमै फिर्ता लिन पुगेको हो । यता हाट बजार व्यवस्थित रुपले संचालन हुन नसक्दा तथा बिक्रि गर्ने व्यापारी तथा ग्राहक ग्राहकबीचको दुरी समेत व्यवस्थित हुन नसक्दा हाट बजार लगाउने निर्णय फिर्ता लिनु परेको नगरपालिका श्रोतले जनाएको छ ।
यस्तै नगरपालिकाले ढकीया, ठेला र साइकलको माध्यमले घर घर गई सुरक्षित माध्यमले दुरी बनाएर तरकारी बिक्रि गर्न प्रोत्साहन गर्ने निर्णय गरेको छ ।
स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो ।
जसकारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सतर्कताका लागि सो हाट बजार हालका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।
यसैबीच लकडाउनको बेला नगरपालिकाले खाद्यान्नको आपुर्तीका लागि घर घरमा खाद्यान्न पु¥याउने व्यवस्था मिलाएको छ ।
राजविराजमा लाग्ने सबै हाट बजार बन्द
सारांश
- सोमबार नगरपालिकाको सम्पन्न बैठकले हाल रंगशालामा संचालित हटिया तथा वडाहरुमा समेत संचालित अन्य हाट बजार पनि बन्द गर्ने निर्णय गरेको हो ।
- हाट बजार संचालन गर्ने नगरपालिका आफैले गरेको निर्णय तीन दिनमै फिर्ता लिन पुगेको हो ।
- यता हाट बजार व्यवस्थित रुपले संचालन हुन नसक्दा तथा बिक्रि गर्ने व्यापारी तथा ग्राहक ग्राहकबीचको दुरी समेत व्यवस्थित हुन नसक्दा हाट बजार लगाउने निर्णय फिर्ता लिनु परेको नगरपालिका श्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया