व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 

राजविराज राजविराज
|
बुधबार, बैशाख २४, २०७७
|
|
२५ पटक हेरिएको
Shares
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 

सारांश

  •     तत्कालिन राजपाका सहमहासचिव समेत रहेका नेता मण्डलले व्यक्तिगत रुपमा गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुर बाहेक मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारलाई समेत राहत बितरण गरेका छन् ।
  •       राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजको समन्वयनमा नेता मण्डलले राजविराज वडा नं.
  • ९ मलेठका सहिद पिताम्बर मण्डलका पत्नि, सन्जन मेहताका आमा तथा बिरेन्द्र मेहताका आमालाई राहत स्वरुप २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, एक किलो स्वाबिन, दुई किलो नुन, साबुन र मास्क बितरण गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २४ बैशाख । 
    कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गत चैत ११ गतेदेखी सरकारले गरेको लकडाउनका कारण गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुरको अवस्था नाजुक बन्दै गएको अवस्थामा ती व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट जनता समाजवादी पार्टीका नेता गजेन्द्र कुमार मण्डलले राहत बितरण गरेका छन् । 
    तत्कालिन राजपाका सहमहासचिव समेत रहेका नेता मण्डलले व्यक्तिगत रुपमा गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुर बाहेक मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारलाई समेत राहत बितरण गरेका छन् । 

    राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजको समन्वयनमा नेता मण्डलले राजविराज वडा नं. ९ मलेठका सहिद पिताम्बर मण्डलका पत्नि, सन्जन मेहताका आमा तथा बिरेन्द्र मेहताका आमालाई राहत स्वरुप २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, एक किलो स्वाबिन, दुई किलो नुन, साबुन र मास्क बितरण गरेका हुन् । ती राहत सामाग्रिसँगै वडा नं. ९ का अध्यक्ष शम्ुभप्रसाद यादवले रु. ५ सय तरकारी खर्च समेत दिएका छन् । 

यसअघि पनि नेता मण्डलले राजविराज नगरपालिका तथा राजगढ गाउँपालिकाका ५५ अतिविपन्न डोम, मुसहर, मेहतर परिवारलाई राहत बितरण गरेका थिए । यस्तै उनले आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत तथा ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण समेत गरिसकेका छन् । 
यता सरकारले गरेको लकडाउनको सप्तरीवासीले पूर्ण रुपमा पालना गरेका छन् । लकडाउनको डेढ महिनाको अवधीमा सप्तरीमा बिहानपख केही खुकुलो हुने गरेको छ भने दिउँसो पूर्ण रुपमा बजारहरु सुनसान देखिन्छन् ।      
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
‘बुलेट प्रुफ’ ज्याकेटसहित सीके राउतका सुरक्षा गार्ड सार्वजनिक
‘बुलेट प्रुफ’ ज्याकेटसहित सीके राउतका सुरक्षा गार्ड सार्वजनिक
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई सम्मान
अग्निपीडित परिवारलाई ई. यादवको राहत
अग्निपीडित परिवारलाई ई. यादवको राहत
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने