सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 

राजविराज राजविराज
|
बिहिबार, जेठ २२, २०७७
|
|
३२ पटक हेरिएको
Shares
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 

सारांश

  • कोरोना संक्रमणबाट मुक्त भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो.
  • नसिमलाई बिहीबार गजेन्द्र नारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीहरुले फुलमाला लगाई स्वागत गरेका थिए ।
  •          उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
    सप्तरीका पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भई बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । 
कोरोना संक्रमणबाट मुक्त भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो. नसिमलाई बिहीबार गजेन्द्र नारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीहरुले फुलमाला लगाई स्वागत गरेका थिए ।     
    उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो । 
    गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जेठ ११ र १७ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको जानकारी दिएका छन् । 
    कोरोना संक्रमणबाट मुक्त भएका मो. नसिमले उपचारमा संलग्न चिकित्सकको सद्भाव र हौसला तथा आफ्नो आत्मबलका कारण ठूलो संकटबाट मुक्ति मिलेको बताएका छन् ।
    यता सप्तरीमा बाकी ६८ जना संक्रमित आइसोलेसनमा रहेका छन् । उनी सबैलाई साई कृष्ण अस्पतालमा तीन दिन अघि बनाइएको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह