दैनिक समाचारदाता
राजविराज, १४ असार ।
जनता समाजवादी पार्टीका नेता एवं निर्माण व्यवसायी भिमराज यादवले पत्रकारिताको आडमा आफूलाई सप्तरीका एक पत्रकारले बार्गेनिङ गर्न खोजेको आरोप लगाएका छन् ।
आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारको नाममा बार्गेनिङ गर्ने माउण्टेन टेलिभिजनका संवाददाता दिवाकर साहलाई महत्व नदिँदा मिडियाको प्रयोग गरि चरित्र हत्या गर्ने प्रयास भएको उनको दाबी छ ।
उनलाई पत्रकार साहले पटक पटक पैसा मागेर हैरान बनाएको र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेशन गरेको दाबी गरे ।
पत्रकार सम्मेलनमा उनले आफूमाथी लगाइएको आरोपको सत्यतथ्य छानबिन गर्न माँग समेत गरेका छन् । राजविराज वडा नं. ९ मलेठस्थित सहिद गेट निर्माण कार्य जारि नै रहेको अवस्थामा ४८ लाख रुँपैयामा बनेको भन्दै समाचार सम्प्रेशन गर्नु पत्रकारिता ऐन र नियमले मिल्छ ? उनले प्रश्न गरे ।
फोन मार्फत पटक पटक तर्साउन थालेपछि आवेशमा आएर आफूले अपशब्द प्रयोग गरेको स्वीकार्दै उनले परिस्थीतवस त्यस्तो अभिव्यक्ति दिन पुगेको बताए । उनले पत्रकारको खोल ओढेर बार्गेनिङ गर्नेले पनि गल्ति स्वीकार गरि सच्चिनु पर्ने बताए ।
यता आरोपित पत्रकारले भने आफूले यादवसँग समाचार वापत धम्क्याएर कुनै आर्थिक लेनदेनको कुरा नगरेको दाबी गरेका छन् ।
चरित्र हत्या गर्ने प्रयास भयो ः नेता भिमराज यादव
सारांश
- आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारको नाममा बार्गेनिङ गर्ने माउण्टेन टेलिभिजनका संवाददाता दिवाकर साहलाई महत्व नदिँदा मिडियाको प्रयोग गरि चरित्र हत्या गर्ने प्रयास भएको उनको दाबी छ ।
- उनलाई पत्रकार साहले पटक पटक पैसा मागेर हैरान बनाएको र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेशन गरेको दाबी गरे ।
- पत्रकार सम्मेलनमा उनले आफूमाथी लगाइएको आरोपको सत्यतथ्य छानबिन गर्न माँग समेत गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया